राहत रकम हिनामिना भएको एनआरएनए यूएईका अध्यक्ष कोइरालाको स्वीकारोक्ति « Khabarhub

राहत रकम हिनामिना भएको एनआरएनए यूएईका अध्यक्ष कोइरालाको स्वीकारोक्ति


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई आइएलओले कोरोना पीडित नेपाली श्रमिकलाई उद्धार तथा सहयोग गर्न दिएको रकम हिनामिना गरेको आरोप लागेका एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पाको निलम्बन फुकुवा भएको छ ।

उपाध्यक्ष शेर्पासंगै रकम हिनामिनाको आरोप लागेका एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोइरालाले भने २ हजार २६१ अमेरिकी डलर अर्थात् (२ लाख ६५ हजार रुपैयाँ) हिनामिना भएको स्वीकार गरेको एनआरएनए सचिवालयका कार्यकारी निर्देशक राजेश राणाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अध्यक्ष कोइरालाले हिनामिना गरेको उक्त रकम जुन ३० तारिख भित्रमा असुल उपर गर्न समेत सचिवालयले एनआरएनए यूएईलाई लेखेको पत्रमा उल्लेख गरिएको छ।

उनको निलम्बन अधिवेशन अवधि सम्म अर्थात जुलाई अन्तिम सम्मको यथावत राखिएको जनाएको छ ।

यसअघि रकम हिनामिना भएको समाचार बाहिरीएपछि एनआरएनए केन्द्रीय कार्यालयले छानबिन गर्न ६ सदस्यीय समिति गठन गरेको थियो । समितिले ८४ पृष्ठ लामो प्रतिवेदन आइसीसीलाई बुझाउँदै ६२ हजार दिराम अनियमितता गरेको निष्कर्ष निकालेको थियो ।

कारवाही फुकुवा खेदपूर्ण

छानबिन समितिको प्रतिवेदन अनुसार कारबाही नगरी निलम्बन फुकुवा गर्ने कार्य आफैँमा खेदपूर्ण रहेको नेपाल एसोसिएशन यूएईले जनाएको छ ।

एसोसिएशनले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै ७ सदस्यीय स्थानीय छानविन समितिले ६२ हजार ७ सय दिराम हिनामिना भएको पुष्टि गरेर पठाएकोमा जम्मा २ हजार २६१ अमेरिकी डलर अर्थात् ८ हजार २९७ दिराम निर्धारित गर्नु र पूर्वाग्रही भई कारवाही फुकुवा गर्नु आफैमा खेदपूर्ण रहेको जनाएको छ ।

पूर्वाग्रही रही गरिएको सो निर्णय वदर गरी कार्यकारी परिषद संकल्प न: २० को २०१, को आर्टिकल ६(४) र लअ नं. (१२) २०१७ को च्याप्टर-२, आर्टिकल ८ को डी-४ लाई आधार मानी सब-कमिटिका रुपमा रही आएको एनआरएनए, एनसीसी यूएई सब-कमिटिका रुपमा रहने प्रावधान खारेज गर्न भनेको छ  ।

एनआरएनए युएइको कार्य समितिमा रही बिओडीमा रहने पदाधिकारीहरुलाई ७ दिन भित्र एनआरएनए युएइमा रहने वा नेपाल एसोसिएशन मातहत रहने भनि आफ्नो निर्णय बिओडी सामु पेश गर्न अनुरोध गरिएको एसोसिएशनका अध्यक्ष रमेश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ११ : १५ बजे

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी– बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको