राहत रकम हिनामिना भएको एनआरएनए यूएईका अध्यक्ष कोइरालाको स्वीकारोक्ति « Khabarhub

राहत रकम हिनामिना भएको एनआरएनए यूएईका अध्यक्ष कोइरालाको स्वीकारोक्ति


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई आइएलओले कोरोना पीडित नेपाली श्रमिकलाई उद्धार तथा सहयोग गर्न दिएको रकम हिनामिना गरेको आरोप लागेका एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पाको निलम्बन फुकुवा भएको छ ।

उपाध्यक्ष शेर्पासंगै रकम हिनामिनाको आरोप लागेका एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोइरालाले भने २ हजार २६१ अमेरिकी डलर अर्थात् (२ लाख ६५ हजार रुपैयाँ) हिनामिना भएको स्वीकार गरेको एनआरएनए सचिवालयका कार्यकारी निर्देशक राजेश राणाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अध्यक्ष कोइरालाले हिनामिना गरेको उक्त रकम जुन ३० तारिख भित्रमा असुल उपर गर्न समेत सचिवालयले एनआरएनए यूएईलाई लेखेको पत्रमा उल्लेख गरिएको छ।

उनको निलम्बन अधिवेशन अवधि सम्म अर्थात जुलाई अन्तिम सम्मको यथावत राखिएको जनाएको छ ।

यसअघि रकम हिनामिना भएको समाचार बाहिरीएपछि एनआरएनए केन्द्रीय कार्यालयले छानबिन गर्न ६ सदस्यीय समिति गठन गरेको थियो । समितिले ८४ पृष्ठ लामो प्रतिवेदन आइसीसीलाई बुझाउँदै ६२ हजार दिराम अनियमितता गरेको निष्कर्ष निकालेको थियो ।

कारवाही फुकुवा खेदपूर्ण

छानबिन समितिको प्रतिवेदन अनुसार कारबाही नगरी निलम्बन फुकुवा गर्ने कार्य आफैँमा खेदपूर्ण रहेको नेपाल एसोसिएशन यूएईले जनाएको छ ।

एसोसिएशनले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै ७ सदस्यीय स्थानीय छानविन समितिले ६२ हजार ७ सय दिराम हिनामिना भएको पुष्टि गरेर पठाएकोमा जम्मा २ हजार २६१ अमेरिकी डलर अर्थात् ८ हजार २९७ दिराम निर्धारित गर्नु र पूर्वाग्रही भई कारवाही फुकुवा गर्नु आफैमा खेदपूर्ण रहेको जनाएको छ ।

पूर्वाग्रही रही गरिएको सो निर्णय वदर गरी कार्यकारी परिषद संकल्प न: २० को २०१, को आर्टिकल ६(४) र लअ नं. (१२) २०१७ को च्याप्टर-२, आर्टिकल ८ को डी-४ लाई आधार मानी सब-कमिटिका रुपमा रही आएको एनआरएनए, एनसीसी यूएई सब-कमिटिका रुपमा रहने प्रावधान खारेज गर्न भनेको छ  ।

एनआरएनए युएइको कार्य समितिमा रही बिओडीमा रहने पदाधिकारीहरुलाई ७ दिन भित्र एनआरएनए युएइमा रहने वा नेपाल एसोसिएशन मातहत रहने भनि आफ्नो निर्णय बिओडी सामु पेश गर्न अनुरोध गरिएको एसोसिएशनका अध्यक्ष रमेश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ११ : १५ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई