नायिकामाथि यौन शोषण गरेको आरोपमा तमिलनाडुका पूर्वमन्त्री पक्राउ « Khabarhub

नायिकामाथि यौन शोषण गरेको आरोपमा तमिलनाडुका पूर्वमन्त्री पक्राउ


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तमिल नायिकामाथि बलात्कार गरेको आरोपमा भारतको तमिलनाडु राज्यका पूर्वमन्त्री एम. मणिकनन्दन पक्राउ परेका छन् ।

उनलाई बेङ्गलोरबाट चेन्नई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । तमिल चलचित्रकी मलेशियाली नायिकाले उनीविरुद्ध बलात्कारको आरोपमा उजुरी दिएकी थिइन् ।

विवाहको प्रलोभन देखाएर पूर्वमन्त्री मणिकनन्दनले उनीमाथि लामो समयदेखि यौन शोषण गर्दै आएको मलेशियाली महिलाको आरोप छ ।

तमिलनाडु सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्री बनिसकेका मणिकनन्दनमाथि बलात्कार तथा गर्भपतनका साथै ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ ।

विवाहको प्रलोभन देखाएका पूर्व मन्त्रीले ती नायिकाको इच्छा विपरीत जबरजस्ती गर्भपतन गराएको आरोप छ । पूर्व मन्त्रीले पटक पटक गर्भपतन गर्न बाध्य पारेको ती नायिकाको भनाइ छ ।

यसअघि पूर्व मन्त्री मणिकनन्दनले ती नायिकालाई आफूले नचिनेको दाबी गरेका थिए । उनले आफूविरुद्ध लगाइएको आरोप झुठो र मनगढन्ते रहेको बताएका थिए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ३ : ०२ बजे

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज

पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ?

काठमाडौं– एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा