२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या हिजोको भन्दा बढी हो । सोमबार २ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको थयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ८३६ जनाको पीसीआर परीक्षणबाट २ हजार २०२ र ४ हजार २९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०६ जना गरी जम्मा ३ हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ५९५ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ७, उदयपुरमा ६, ओखलढुंगामा ४, खोटाङमा ३,  झापामा १७८,  ताप्लेजुङमा १, तेह्रथुममा १०,  धनकुटामा ७, पाँचथर ५,  भोजपुरमा ४,  मोरङमा २५२,  संखुवासभामा २ र सुनसरीमा १६५ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ७, पर्सामा १, बारामा १६, महोत्तरी ४, सप्तरीमा १७, सर्लाहीमा ५ र सिरहामा ६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा ५३१, काभ्रेमा २२, चितवनमा १२५, दोलखामा २३, धादिङमा ४४, नुवाकोटमा ११, भक्तपुरमा ४१, मकवानपुरमा ६८, रसुवा १, रामेछापमा १२, ललितपुरमा १४७, सिन्धुलीमा ५ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १२६, गोरखामा ७, तनहुँमा १४, नवलपरासी पूर्वमा ६१, पर्वतमा १२, म्याग्दीमा १, लमजुङमा ३, बागलुङमा २७ र स्याङजामा १४ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ९, कपिलवस्तुमा ६, गुल्मीमा ३, दाङमा १२, नवलपरासीमा १, पाल्पामा ३२, प्युठानमा ३,  बाँकेमा ३, प्यठानमा ३, रुकुम पूर्वमा १ र रुपन्देहीमा ३७ जना छन्।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा ३, मुगुमा ४, सल्यानमा १ र सुर्खेतमा २२ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा ३, कैलालीमा ४५, डडेल्धुरामा २, दार्चुलामा २, डोटीमा ५, बाजुरामा १ र बैतडीमा १ जनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ५ : २३ बजे

रास्वपाको प्रशिक्षण सूचीमा किन अटाएनन् वरिष्ठ नेता ‘बालेन’ ?

काठमाडौँ– फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल

समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई यही चैत

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका

हुरीबतासले रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर– उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श