२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या हिजोको भन्दा बढी हो । सोमबार २ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको थयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ८३६ जनाको पीसीआर परीक्षणबाट २ हजार २०२ र ४ हजार २९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०६ जना गरी जम्मा ३ हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ५९५ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ७, उदयपुरमा ६, ओखलढुंगामा ४, खोटाङमा ३,  झापामा १७८,  ताप्लेजुङमा १, तेह्रथुममा १०,  धनकुटामा ७, पाँचथर ५,  भोजपुरमा ४,  मोरङमा २५२,  संखुवासभामा २ र सुनसरीमा १६५ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ७, पर्सामा १, बारामा १६, महोत्तरी ४, सप्तरीमा १७, सर्लाहीमा ५ र सिरहामा ६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा ५३१, काभ्रेमा २२, चितवनमा १२५, दोलखामा २३, धादिङमा ४४, नुवाकोटमा ११, भक्तपुरमा ४१, मकवानपुरमा ६८, रसुवा १, रामेछापमा १२, ललितपुरमा १४७, सिन्धुलीमा ५ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १२६, गोरखामा ७, तनहुँमा १४, नवलपरासी पूर्वमा ६१, पर्वतमा १२, म्याग्दीमा १, लमजुङमा ३, बागलुङमा २७ र स्याङजामा १४ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ९, कपिलवस्तुमा ६, गुल्मीमा ३, दाङमा १२, नवलपरासीमा १, पाल्पामा ३२, प्युठानमा ३,  बाँकेमा ३, प्यठानमा ३, रुकुम पूर्वमा १ र रुपन्देहीमा ३७ जना छन्।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा ३, मुगुमा ४, सल्यानमा १ र सुर्खेतमा २२ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा ३, कैलालीमा ४५, डडेल्धुरामा २, दार्चुलामा २, डोटीमा ५, बाजुरामा १ र बैतडीमा १ जनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ५ : २३ बजे

प्रदर्शनरत फिल्मका मुख्य अंश सामाजिक सञ्जालमा नराख्न बोर्डको चेतावनी

काठमाडौं– चलचित्र विकास बोर्डले नेपाली चलचित्र तथा चलचित्रका मुख्य अंशहरूको

चितवन पुगेर रविले : दशैंपछि मलाई मुद्दा लगाउने तयारी गर्दैछन्

  काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सरकारले

सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख

वीरगन्ज – सिमलताल बस दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई

मुन्धुम मन्थन : सीमान्तकृत ‘न्यारेटिभ’

मूलतः म कविता लेख्ने मान्छे हो । तर, मैले नलेखेको

मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल वनस्पति घ्यू तेल