भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या १५० दिनपछिकै सबैभन्दा कम « Khabarhub

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या १५० दिनपछिकै सबैभन्दा कम


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा कोरोनाभाइरसबाट थप ३६ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३६ हजार पाँच सय ७१ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

भारतमा अहिले सक्रिय अवस्थामा रहेका सङ्क्रमितहरुको सङ्ख्या तीन लाख ६३ हजार ६ सय पाँच पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।

सक्रिय अवस्थामै रहेका सङ्क्रमितहरुको यो सङ्ख्या गत एक सय ५० दिनपछिकै सबैभन्दा कम भएको पनि उनीहरुले बताएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कूल सङ्क्रमितमध्ये अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १.१२ प्रतिशत रहेको छ ।

भारतमा अहिले सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड १५ लाख ६१ हजार ६ सय ३५ पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये ३६ हजार पाँच सय ५५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये भारतमा मात्रै अहिलेसम्म चार लाख ३३ हजार पाँच सय ८९ जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा पाँच सय ४० जनाको मृत्यु भएको हो ।

अहिले भारतमा सङ्क्रमणमुक्त हुने दर पनि उच्च रहेको छ । अधिकारीहरुका अनुसार अहिले ९७.५४ प्रतिशत मानिस सङ्क्रमणमुक्त भएका छन् । यो सङ्ख्या २०२० को मार्चपछिकै सबैभन्दा धेरै हो ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ३ : ५९ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि