तालिबानको डरले पप स्टारले छोडिन् देश « Khabarhub

तालिबानको डरले पप स्टारले छोडिन् देश


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान(अमर उजाला)– अफगानिस्तानमा भएको तालिबानको कब्जाका कारण अधिकांश मानिसहरु धमाधम देश छोडिरहेका छन् । यो सूचीमा यहाँकी पपस्टार अर्याना सइद पनि छिन् । उनी काबुलबाट अमेरिका पुगेकी छन् ।

‘अफगान द भ्वाइस’की निर्णायक समेत रहेकी अर्याना युएस कार्गो जेटमार्फत अमेरिका पुगेकी हुन् । ‘कहिल्यै नभुल्ने त्यो रात पछि म ठिक छु । जिउँदो छु । म दोहा, कतार पुगेकी छु । म चाँडै नै इस्तानबुल फर्किनेमा पर्खाइमा छु’, उनले सामाजिक सञ्जालमा एक तस्वीर शेयर गर्दै लेखेकी छन् । तस्वीरमा उनले मास्क लगाएकी छन् ।

अर्याना अफगान सेनाको कट्टर समर्थक हुन् । तालिबानले कब्जामा लिनु अघि उनले अफगान फौजलाई समर्थन गर्दै आइरहेकी छन् । उनले निर्माता हासिब सइदसँग विवाह गरेकी छन् ।

अफगानिस्तानमा कैयौं वर्षको राजनीतिक परिवर्तनका कारण फिल्मको विकासमा निकै कमी आएको छ । लामो समयको अन्तरालपछि अफगान फिल्मले सन् २००१ मा फिल्म जगतमा पाइला राखेको थियो । पछिल्लो समयमा अफगानिस्तानमा कैयौं फिल्म बनेका थिए ।

सन् २००३ मा बनेको अफगानी फिल्म ‘ओसामा’ले गोल्डन ग्लोब अवार्ड जितेको थियो । त्यस्तै सन् २०१२ मा बनेको ‘बुजकाशी ब्वाइज’ले ओस्कारमा मनोनयनको अवसर पाएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ८ : ०१ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान