तालिबानको डरले पप स्टारले छोडिन् देश « Khabarhub

तालिबानको डरले पप स्टारले छोडिन् देश


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान(अमर उजाला)– अफगानिस्तानमा भएको तालिबानको कब्जाका कारण अधिकांश मानिसहरु धमाधम देश छोडिरहेका छन् । यो सूचीमा यहाँकी पपस्टार अर्याना सइद पनि छिन् । उनी काबुलबाट अमेरिका पुगेकी छन् ।

‘अफगान द भ्वाइस’की निर्णायक समेत रहेकी अर्याना युएस कार्गो जेटमार्फत अमेरिका पुगेकी हुन् । ‘कहिल्यै नभुल्ने त्यो रात पछि म ठिक छु । जिउँदो छु । म दोहा, कतार पुगेकी छु । म चाँडै नै इस्तानबुल फर्किनेमा पर्खाइमा छु’, उनले सामाजिक सञ्जालमा एक तस्वीर शेयर गर्दै लेखेकी छन् । तस्वीरमा उनले मास्क लगाएकी छन् ।

अर्याना अफगान सेनाको कट्टर समर्थक हुन् । तालिबानले कब्जामा लिनु अघि उनले अफगान फौजलाई समर्थन गर्दै आइरहेकी छन् । उनले निर्माता हासिब सइदसँग विवाह गरेकी छन् ।

अफगानिस्तानमा कैयौं वर्षको राजनीतिक परिवर्तनका कारण फिल्मको विकासमा निकै कमी आएको छ । लामो समयको अन्तरालपछि अफगान फिल्मले सन् २००१ मा फिल्म जगतमा पाइला राखेको थियो । पछिल्लो समयमा अफगानिस्तानमा कैयौं फिल्म बनेका थिए ।

सन् २००३ मा बनेको अफगानी फिल्म ‘ओसामा’ले गोल्डन ग्लोब अवार्ड जितेको थियो । त्यस्तै सन् २०१२ मा बनेको ‘बुजकाशी ब्वाइज’ले ओस्कारमा मनोनयनको अवसर पाएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ८ : ०१ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको