माधव नेपालको पार्टी अब नेकपा (एकीकृत समाजवादी), महन्थ ठाकुरको पार्टीको नाम पनि फेरियो « Khabarhub

माधव नेपालको पार्टी अब नेकपा (एकीकृत समाजवादी), महन्थ ठाकुरको पार्टीको नाम पनि फेरियो


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमालेबाट विभाजित माधवकुमार नेपाल समूहको पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) प्रस्ताव गरिएको छ । नेपाल समूहले यसअघि नेकपा (एमाले समाजवादी) प्रस्ताव गरेर दल दर्ताको निवेदन दिएको थियो ।

तर, अर्को दलसंँग मिल्दो नाम राख्न नमिल्ने भएपछि राजेन्द्र पाण्डे लगायतका नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ नाम नेकपा ( एकिकृत समाजवादी) प्रस्ताव गरेका हुन् ।

निर्वाचन आयोगको प्रवक्ता राजकुमार श्रेष्ठले पार्टीको नयाँ नामका लागि निवदेन दिएको बताए । उनले पार्टी दर्ताको प्रक्रिया पूरा भएपछि यसबारेमा आयोगले अन्तिम निर्णय गर्ने जानकारी दिए ।

यसैगरी  महन्थ ठाकुर पक्षले पनि पार्टीको नाम परिर्वतन गरेको छ । पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिएको नेता केशव झाले जानकारी दिए ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

निर्वाचन आयोगको सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार मिल्दोजुल्दो नाम राख्न नमिल्ने भएका कारण दुबै दलले नयाँ नाम प्रस्ताव गरेका हुन् ।

अध्यादेशअनुसार राजनीतिक दलसम्बन्धी नियमावली ल्याएपछि शुक्रबार दल दर्ताका लागि निवेदन दिने क्रममा नयाँ नाम राखिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ३ : ४३ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक