एनआरएनएको १० औँ विश्व सम्मेलनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन « Khabarhub

एनआरएनएको १० औँ विश्व सम्मेलनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी कात्तिक ६ देखि ८ गतेसम्म राजधानीमा आयोजना हुने गैरआवासीय नेपाली सङ्घको दशौँ विश्व सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न परराष्ट्रमन्त्रीको अध्यक्षतामा २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको छ ।

समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिव, लगानी बोर्ड नेपाल, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, गैरआवासीय नेपाली सङ्घलगायत सरोकारवाला निकायका उच्च अधिकारी प्रतिनिधि रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

सरकारले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पूँजी, प्रविधि, सम्पर्क सञ्जाल र पहुँचलाई नेपालको आर्थिक–सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई उच्च प्राथमिकता दिएअनुरूप सङ्घको विश्व सम्मेलनलाई प्रत्येकपटक उच्चस्तरीय आयोजक समितिमार्फत सहयोग गर्दै आएको छ । हरेक दुई वर्षको अन्तरालमा गैरआवासीय नेपाली सङ्घको विश्व सम्मेलन नेपालमा हुँदै आएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ९ : ०१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना