‘विप्लव’ नेकपाका नेता भरत बम रिहा « Khabarhub

‘विप्लव’ नेकपाका नेता भरत बम रिहा


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरत बम रिहा भएका छन् ।

विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ २८ महिना लामो जेल जीवन बसाईपछि शुक्रबार केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका हुन् ।

रिहा भएपछि काठमाडौँको सुन्धरामा नेकपामा नेता धमेन्द्र बास्तोला लगायतका नेताहरुले खादा लगाएर अभिनन्दन गरेका थिए ।

बमलाई बिहीबार उच्च अदालत नेपालगञ्जले रिहाइ गर्न आदेश दिएको थियो । नेकपामाथि प्रतिबन्धकै अवस्थामा बमलाई पक्राउ गरेर प्रहरीले हात हतियार, राजद्रोहको मुद्धा लगाएको थियो ।

उनीलाई बाँके, बर्दिया हुँदै केन्द्रीय कारागार सुन्धारा राखिएको थियो । रिहा भएपछि बमले खुसीसँगै अहिले जिम्मेवारी बोधले थिचेको टिप्पणी गरे । उनले सानो जेलबाट निस्केर खुल्ला जेलमा आएको टिप्पणी गरे ।

विप्लव नेकपाका अनुसार पोलिटब्युरो र स्थानीय कार्यकर्ता गरी करिब १ सय जना जेलबाट छुट्न बाँकी छन् । पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर खुला राजनीतिमा आएको नेकपाले सहमति कार्यान्वयमा जोड दिँदै आएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ७ : ४६ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक