‘विप्लव’ नेकपाका नेता भरत बम रिहा « Khabarhub

‘विप्लव’ नेकपाका नेता भरत बम रिहा


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरत बम रिहा भएका छन् ।

विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ २८ महिना लामो जेल जीवन बसाईपछि शुक्रबार केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका हुन् ।

रिहा भएपछि काठमाडौँको सुन्धरामा नेकपामा नेता धमेन्द्र बास्तोला लगायतका नेताहरुले खादा लगाएर अभिनन्दन गरेका थिए ।

बमलाई बिहीबार उच्च अदालत नेपालगञ्जले रिहाइ गर्न आदेश दिएको थियो । नेकपामाथि प्रतिबन्धकै अवस्थामा बमलाई पक्राउ गरेर प्रहरीले हात हतियार, राजद्रोहको मुद्धा लगाएको थियो ।

उनीलाई बाँके, बर्दिया हुँदै केन्द्रीय कारागार सुन्धारा राखिएको थियो । रिहा भएपछि बमले खुसीसँगै अहिले जिम्मेवारी बोधले थिचेको टिप्पणी गरे । उनले सानो जेलबाट निस्केर खुल्ला जेलमा आएको टिप्पणी गरे ।

विप्लव नेकपाका अनुसार पोलिटब्युरो र स्थानीय कार्यकर्ता गरी करिब १ सय जना जेलबाट छुट्न बाँकी छन् । पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर खुला राजनीतिमा आएको नेकपाले सहमति कार्यान्वयमा जोड दिँदै आएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ७ : ४६ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान