कोभिड-१९ पछि थप संकटमा छापा माध्यम, प्रतिवेदन सरकारलाई बुझाइयो « Khabarhub

कोभिड-१९ पछि थप संकटमा छापा माध्यम, प्रतिवेदन सरकारलाई बुझाइयो


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकभरका छापा सञ्चारमाध्यमको छाता सङ्गठन नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालले कोरोना महामारीपछि छापामाध्यम थप संकटमा पुगेको निष्कर्ष निकालेको छ ।

साना लगानीका छापा माध्यमको अवस्था झन नाजूक बनेको अध्ययन प्रतिवेदन आज सञ्जालले सरकारलाई बुझाइएको छ ।

छापा माध्यमका समस्या र समाधानका उपाय समेटिएको प्रतिवेदन आज सञ्जालका महासचिव किशोर श्रेष्ठ र प्रेस काउन्सिलका सदस्य ठाकुर बेल्बासेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदनमा लोपोन्मुख हुँदै गएको छापामाध्यमको सङ्कट समाधानका उपाय पहिचान गरी संरक्षण र प्रवर्लद्धनका लागि चाल्नुपर्ने आवश्यक कदमबारे सुझाव समेटिएको छ ।

प्रतिवेदनमा देशभरका पत्रपत्रिकाको मौजुदा अवस्था, पत्रपत्रिका निकाल्दाका कठिनाई, छपाइ, वितरण, बजार, विज्ञापनको अवस्थाबारे विश्लेषण गरिएको छ । त्यस्तै, पत्रकार, कर्मचारी, छापामा विद्युतीय सञ्चारमाध्यमका सामग्रीको प्रभाव, खोजी पत्रकारिताको अवस्था, विश्वसनीयता,आचारसंहिताको पालना, गैह्र पेशागत आचरण, कारबाही र प्रोत्साहन, बीमा, कोरोना कहरका पीडा, पेशाबाट पलायन,सञ्चार गृहमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको सेवाका शर्त, सुविधा एवम् पारिश्रमिकको अवस्था, वृत्तिविकास, सीप अभिवृद्धिका लागि तालिमको अवस्थालगायत विषय पनि प्रतिवेदनमा समेटिएका छन् ।

विज्ञप्तिमा पत्रपत्रिकाको लागि छपाई कागजको अभाव, कागजको मूल्यबृद्धि, विज्ञापनको सङ्कट, संरक्षणका लागि राज्यतहबाट स्पष्ट नीति एवम् राहत प्याकेजको अभावले ऐतिहासिक महत्व बोकेका यस्ता सञ्चारमाध्यमहरू लोपोन्मुख अवस्थामा पुगेको भन्दै चिन्ता जनाइएको छ ।

यस्तो जटिल परिस्थितिबाट स्वरोजगारमूलक छापामाध्यमलाई बचाउन नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालको पहलकदमी र प्रेस काउन्सिल नेपालसङ्गको सहकार्यमा अध्ययन सुझाव प्रतिवेदन तय गरेको जनाइएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ९ : ३५ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको