कोभिड-१९ पछि थप संकटमा छापा माध्यम, प्रतिवेदन सरकारलाई बुझाइयो | Khabarhub Khabarhub

कोभिड-१९ पछि थप संकटमा छापा माध्यम, प्रतिवेदन सरकारलाई बुझाइयो


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकभरका छापा सञ्चारमाध्यमको छाता सङ्गठन नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालले कोरोना महामारीपछि छापामाध्यम थप संकटमा पुगेको निष्कर्ष निकालेको छ ।

साना लगानीका छापा माध्यमको अवस्था झन नाजूक बनेको अध्ययन प्रतिवेदन आज सञ्जालले सरकारलाई बुझाइएको छ ।

छापा माध्यमका समस्या र समाधानका उपाय समेटिएको प्रतिवेदन आज सञ्जालका महासचिव किशोर श्रेष्ठ र प्रेस काउन्सिलका सदस्य ठाकुर बेल्बासेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदनमा लोपोन्मुख हुँदै गएको छापामाध्यमको सङ्कट समाधानका उपाय पहिचान गरी संरक्षण र प्रवर्लद्धनका लागि चाल्नुपर्ने आवश्यक कदमबारे सुझाव समेटिएको छ ।

प्रतिवेदनमा देशभरका पत्रपत्रिकाको मौजुदा अवस्था, पत्रपत्रिका निकाल्दाका कठिनाई, छपाइ, वितरण, बजार, विज्ञापनको अवस्थाबारे विश्लेषण गरिएको छ । त्यस्तै, पत्रकार, कर्मचारी, छापामा विद्युतीय सञ्चारमाध्यमका सामग्रीको प्रभाव, खोजी पत्रकारिताको अवस्था, विश्वसनीयता,आचारसंहिताको पालना, गैह्र पेशागत आचरण, कारबाही र प्रोत्साहन, बीमा, कोरोना कहरका पीडा, पेशाबाट पलायन,सञ्चार गृहमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको सेवाका शर्त, सुविधा एवम् पारिश्रमिकको अवस्था, वृत्तिविकास, सीप अभिवृद्धिका लागि तालिमको अवस्थालगायत विषय पनि प्रतिवेदनमा समेटिएका छन् ।

विज्ञप्तिमा पत्रपत्रिकाको लागि छपाई कागजको अभाव, कागजको मूल्यबृद्धि, विज्ञापनको सङ्कट, संरक्षणका लागि राज्यतहबाट स्पष्ट नीति एवम् राहत प्याकेजको अभावले ऐतिहासिक महत्व बोकेका यस्ता सञ्चारमाध्यमहरू लोपोन्मुख अवस्थामा पुगेको भन्दै चिन्ता जनाइएको छ ।

यस्तो जटिल परिस्थितिबाट स्वरोजगारमूलक छापामाध्यमलाई बचाउन नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालको पहलकदमी र प्रेस काउन्सिल नेपालसङ्गको सहकार्यमा अध्ययन सुझाव प्रतिवेदन तय गरेको जनाइएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ९ : ३५ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई