अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार : यादव « Khabarhub

अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार : यादव


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मात्रै मन्त्रिपरिषद् बिस्तार हुने बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चाकर्मीसंग कुरा गर्दै यादवले दलसम्बन्धी अध्यादेश खारेज हुने बित्तिकै मन्त्रिपरिषद विस्तार हुने र सरकारले पूर्णता पाउने बताए ।

उनले दल विभाजन सम्बन्धी अध्यादेशले विकृति फैलाउने भन्दै यसको खारेजी गर्नुपर्ने धारणा राखे ।

‘सरकारलाई पूर्णता दिनका लागि मन्त्रालयको बाँडफाँड हुनुपर्छ । त्यो भइसकेको छैन,’ यादवले भने, ‘दलसम्बन्धी अध्यादेश खारेज हुन्छ । र त्यो खारेज हुने बित्तिकै मन्त्रिपरिषद्को बिस्तार हुन्छ । सरकारले पूर्णता पाउँछ ।’

यादवका अनुसार मन्त्रालय बाँडफाँडमा पनि अझै सहमति जुटेको छैन । प्रधानमन्त्री शेरबहादुर देउबाले शपथ लिएको ६९ दिन भइसक्दासम्म पनि सरकारले पूर्णता पाएको छैन । प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री गरी ६ जनाले मात्रै मुलुक चलाइरहेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ३ : ५५ बजे

विदेशी विनिमय सञ्चिति झण्डै ३९ खर्ब पुग्यो

काठमाडौं– नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै ३९ खर्ब पुगेको छ

रसुवाको विनाशकारी बाढीबारे चिनियाँ सरकारको मौसम केन्द्रले यस्तो रिपोर्ट ल्यायो

काठमाडौं- रसुवाको ल्हेन्दे खोला तथा रसुवागढी क्षेत्रमा भोटेकोशीमा आएको भीषण

नाट्टाले ‘हेल्प डेस्क’ र राहत कोष स्थापना गर्ने

काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले भोटेकोशी

भोटेकोसी विनाशको नयाँ तथ्य : चीनतर्फ गएको हिम-चट्टान पहिरोले गेग्रानसहितको भीषण बाढी

काठमाडौं- चीनबाट आउने ल्हेन्दे खोला हुँदै रसुवाको भोटेकोशी नदीमा बुधबार

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन