विश्वभर ४ लाख ७ हजार संक्रमित थपिँदा मृत्यु कति ? « Khabarhub

विश्वभर ४ लाख ७ हजार संक्रमित थपिँदा मृत्यु कति ?

४ लाख ३९ हजार २८५ जना कोरोनामुक्त


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ७ हजार ५५१ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विपरणअनुसार अमेरिकामा ६९ हजार २५१, बेलायतमा ४३ हजार ७३८, रुसमा ३३ हजार ७४०, टर्कीमा ३० हजार ८६२, भारतमा १९ हजार ४५१, इरानमा १३ हजार ३०८ र ब्राजिलमा १२ हजार ९६९ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ४ लाख ३९ हजार २८५ जना कोरोनामुक्त भएका छन् भने ७ हजार ७९ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकामा एक हजार ५११, रुसमा एक हजार १५, ब्राजिलमा ३८१, बेलायत र टर्कीमा २२३–२२३, भारतमा १९९ र इरानमा १६७ जना छन्।

संक्रमणमुक्त हुनेमा अमेरिकामा एक लाख २२ हजार ६२, बेलायतमा ३७ हजार २५६, टर्कीमा २७ हजार ३५२, ब्राजिलमा २४ हजार ७८०, रुसमा २३ हजार ४२६, भारतमा १९ हजार ४५१ र इरानमा १४ हजार १७९ जना छन् ।

यससँगै विश्वभर कुल संक्रमितको संख्या २४ करोड २३ लाख २ हजार ९ सय पुगेको छ भने तीमध्ये २१ करोड ९६ लाख ४१ हजार ४३६ जना निको भइसकेका छन् ।

हालसम्म विश्वभर कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ४९ लाख २८ हजार १९१ रहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ६ : ५९ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर