साउथमा बलिउड अभिनेत्रीको आकर्षण, को कुन फिल्ममा देखिँदैछन् ? | Khabarhub Khabarhub

साउथमा बलिउड अभिनेत्रीको आकर्षण, को कुन फिल्ममा देखिँदैछन् ?


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – केही वर्षयता साउथ इन्डियन फिल्महरूको क्रेज बढ्दो छ । विक्रम अभिनित आई, रजनीकान्त अभिनित रोबर्ट, प्रभास अभिनित बाहुबली, यश अभिनित केजीएफलगायतका फिल्मले साउथ इन्डियन फिल्महरूलाई बलिउडसँगै विश्व बजारमा परिचित गरायो । यी फिल्महरू पश्चात बलिउडमा त साउथको दबदबा नै सुरु भयो ।

बलिउडमा साउथका भइरहेका रीमेकभन्दा पनि साउथकै फिल्महरू डबिङ गरेर प्रदर्शन गर्ने प्रचलन बढ्यो । यसका साथै केही समययता बलिउड सुन्दरीहरू समेत साउथ इन्डियन फिल्ममा आकर्षित छन्।

साउथ फिल्मका सुन्दरीहरू रश्मिका मन्दना, सामन्था, नयनतारा, कृति सुरेश बलिउड फिल्ममा देखिने तयारी भइरहँदा केही बलिउडका अभिनेत्रीहरू साउथ फिल्ममा देखिँदैछन्।

पछिल्लो समय बलिउडमा फिल्म निर्माण गरिरहेका प्रोडक्सन हाउसहरू साउथ इन्डियन फिल्ममा लगानीकर्ताको रूपमा साझेदारी गर्ने क्रम बढेपछि बलिउड सुन्दरीहरू पनि साउथ फिल्ममा बढ्दो छन्।

सन् २०१८ को डिसेम्बरमा रिलिज भएको फिल्म ‘केजीएफ’मार्फत स्टार बने यश । फिल्मको ट्रेलरदेखि नै चर्चामा रहेका यशले रिलिजपछि फ्लोअर्स बढाउन सफल भए। फिल्ममार्फत उनको स्टारडम बढिरहँदा यसको सिक्वेललाई लिएर फ्यान प्रतिक्षित छन् । ‘केजीएफ’को सिक्वेलको प्रतीक्षा रहेका फ्यानहरूले सार्वजनिक टिजर मन पराइसकेका छन् । फिल्म आउँदो अप्रिलमा रिलिज हुने तयारीमा छ।

सिक्वेलमा यश झनै शक्तिशाली देखिनेछन् भने उनले एक्सनमा नयाँ स्ट्न्ड गर्नेछन् । यसमा यशसँगै श्रीनिधि शेट्टी पनि मुख्य भूमिकामा हुनेछिन् । सिक्वेलमा बलिउडका बाबा अर्थात् सञ्जय दत्त पनि देखिनेछन् । उनले भिलेनको भूमिका निर्वाह गर्नेछन् । फिल्म च्याप्टर फस्टझैँ पाँच भाषामा रिलिज हुनेछ । फिल्ममा रविना टन्डन पनि छिन् । यसमा उनले रामिका सेनको भूमिका निर्वाह गरेकी छिन् । यो उनको कन्नड फिल्ममा डेब्यु हो ।

करीना कपूर खान पनि साउथ फिल्ममा डेब्यु गर्ने भएकी छिन् । उनले कवीर सिंह निर्देशक सन्दीप रेड्डी वांगाको निर्देशनमा बन्ने फिल्म ’स्प्रिट’मार्फत साउथमा डेब्यु गर्दैछिन् । फिल्ममा उनको को–स्टार प्रभास हुनेछन् । प्रभास पछिल्लो समय साउथ फिल्मका सुपरस्टार हुन् । बाहुबली सिरिज पश्चात उनको फ्यान फ्लोअर्स निकै बढेको छ ।

यस्तै, प्रभासलाई बाहुबली बनाउने निर्देशक एसएस राजामौलीको निर्देशनमा तयार भइरहेको फिल्म ’आरआरआर’मार्फत अलिया भट्टले पनि साउथ फिल्ममा डेब्यु गर्दैछिन् । फिल्ममा जुनिएर एन्टीआर, राम चरण, अजय देवगन लगायतको अभिनय रहनेछ । निर्देशक राजमौलीले अप्रोच गरेकै कारण आलिया साउथ फिल्ममा तेलुगु सिकेर नै डेब्यु गरेकी हुन् ।

निर्देशक नाग आश्विनले निर्देशन गर्ने भनिएको फिल्ममा प्रभासको जोडी बनेकी छिन्, दीपिका पादुकोण । यो उनको साउथ फिल्ममा डेब्यु हो। तेस्रो विश्वयुद्धको सेरोफेरोमा तयार पारिने साइन्स फिक्सन फिल्मलाई लिएर दर्शक पनि उत्तिकै उत्साहित छन् । फिल्ममा अमिताभ बच्चनको अभिनय पनि रहनेछ । फिल्मलाई सन् २०२२ मा रिलिज गर्ने योजना यसको निर्माण पक्षको छ । हिन्दी, तमिल र तेलुगु भाषामा फिल्मलाई दर्शकले हेर्न पाउनेछन् ।

बलिउडमा पछिल्लो समय ’परम सुन्दरी’को ट्याग पाएकी एक्ट्रेस कृति सेनन पनि साउथ फिल्ममा डेब्यु गर्दैछिन् । उनले पनि दीपिकाझैँ स्टार प्रभाससँग जोडी बनेर डेब्यु गर्न लागेकी हुन् । ‘तान्हाजी’ फिल्म निर्देशन गरेका ओम राउतको निर्देशनमा तयार हुने फिल्म ’आदिपुरुष’मा कृति सेनन देखिनेछिन्।

फिल्मलाई लिएर दर्शक निकै उत्साहित छन् । पाँच सय करोडको बजेटमा बन्ने भनिएको फिल्मको २५० करोड रुपैयाँ त केवल भिएफएक्समा मात्र खर्च हुने भएको छ । निर्माण पक्षले देखाउनु पर्ने दृश्यको क्यालकुलेट गरेपछि यस्तो बजेट देखिएको हो ।

रोबर्टमा काम गरेर साउथ फिल्ममा अभिनय गरिसकेकी विश्व सुन्दरी ऐश्वर्या राय बच्चन पुनः साउथ फिल्ममा देखिने भएकी छिन् । निर्देशक मणिरत्नमको एक प्रोजेक्टमा उनको जोडी विक्रमसँग बाधिनेछ । यस्तै, बलिउड सुन्दरी अनन्या पाण्डे पनि पुरी जगन्नाथ निर्देशित फिल्म ’लाइगर’ मा देखिँदैछिन् । फिल्ममा साउथ इन्डिया अभिनेता विजय देवरकोण्डाको अभिनय रहेको छ ।

-न्युज कारखानबाट

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ११ : ३१ बजे

एसइई परीक्षा धैर्यताका साथ दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई)धैर्यताका

एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह

काठमाडाैं – बिहीबार बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९

पर्यटनमन्त्री पाण्डे चारदेशको भ्रमण पूरा गरी स्वदेश फिर्ता

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे जर्मनी,

संविधान र गणतन्त्रमाथि छेडखानी गर्नु गलत हो : प्रचण्ड

निजगढ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

आगलागीबाट ७७ लाख बढीको क्षति

खोटाङ – यहाँको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित सामुदायिक वनमा लागेको