एनसीबीको दाबी– अभिनेत्रीसँग लागुऔषध विषयमा ‘च्याट’ गर्थे आर्यन « Khabarhub

एनसीबीको दाबी– अभिनेत्रीसँग लागुऔषध विषयमा ‘च्याट’ गर्थे आर्यन


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान क्रुज ड्रग्स पार्टी मुद्धाको आरोपमा मुम्बईको जेलमा छन् । उनले अदालतसमक्ष दिएको जमानता निवेदनमा आज फैसला हुँदैछ ।

मुम्बईको स्पेसल एडीपीएस कोर्टका वीवी पाटिलको बेञ्चले १३ र १४ अक्टोबरमा चलेको लामो बहसपछि यो मामलाको निर्णयलाई सुरक्षित राखेको छ । आज दिउँसोसम्म आर्यन जेलमै बस्ने या उनलाई जमानतमा रिहा गर्ने निर्णय आउनेछ । यसैबीच नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले आर्यनले एक बलिउड अभिनेत्रीसँग लागुऔषधको बारेमा मोबाइलमा च्याट गरेको दाबी गरेको छ ।

एनसीबीले फेला पारेको आर्यनको केही च्याटमा उनी एक अभिनेत्रीसँग लागुऔषधको कुरा गरेका छन् । एनसीबीले यसलाई प्रमाणको रुपमा अदालतमा पेश गरेको छ । एनसीबीले ती अभिनेत्री क्रुजमा उपस्थित भएको र एनसीबीले उसलाई बाहिर जान दिएको उल्लेख गरेको छ । एनसीबीले आगामी दिनमा यी अभिनेत्रीसँग सोधपुछ गर्ने जनाएको छ ।

सञ्चारमाध्यमले अभिनेत्रीसँगको आर्यनको च्याट उनको जमानतमा ठूलो बाधा पर्न सक्ने अनुमान लगाएका छन् । यी अभिनेत्री चाँडै नै बलिउडमा आफ्नो ‘डेब्यु’ गर्ने तयारीमा छिन् । यसबाहेक केही लागुऔषड डिलरसँग आर्यनको च्याटलाई पनि जमानतको सुनुवाई अघि नै अदालतमा प्रस्तुत गरिएको छ ।

यसअघि निर्णयलाई सुरक्षित गर्दै न्यायधिस पाटिलले आफू २० अक्टोबरमा व्यस्त भए पनि जमानतको विषयमा सुनुवाईको प्रयास गर्ने बताएका थिए । लागुऔषध मामलामा गत अक्टोबर ३ मा पक्राउ परेका आर्यन ८ अक्टोबरदेखि मुम्बईको आर्थर रोड जेलमा छन् । जेलमा उनले ‘कैदी नम्बर ९५६’को ब्याच पाएका छन् ।

आर्यनको जमानतको विरोध गर्दै अनिल सिंहले एनसीबीले प्राप्त गरेको रेकर्ड र प्रमाणका आधारमा आर्यन केही वर्षयतादेखि नियमित लागुऔषध सेवन गरिरहेको दाबी गरेका थिए । आर्यन निकै प्रभावशाली रहेको र जमानतमा रिहा हुनका लागि प्रमाणलाई मिलाउन या कानूनबाट भाग्न सक्ने आशंका गरिएको अनिलको बुझाई छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १२ : २४ बजे

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौं – जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको