मुख्यमन्त्री कार्यालय मै पस्यो पानी « Khabarhub

मुख्यमन्त्री कार्यालय मै पस्यो पानी


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मंगलबार रातिदेखि भएको निरन्तर वर्षा र डुबानले धनुषाको जनजीवन कष्टकर बनेको छ । अविरल वर्षाका कारण प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसर, मधेश भवनसहित जनकपुरधाम उपमहनगरपालिकाको वडा १, ४, ८, ७, १६ का केही घरमा पानी पसेको छ ।

हवाहुरी र वर्षा सँगै भइरहेकोले जनकपुरधाम–काठमाडौं हवाइ उडान समेत प्रभावित भएको छ । दैनिक १० उडान हुने जनकपुर–काठमाडौं हवाइ सेवा अवरुद्ध भएको छ । मौसम खराब भएपछि सोमबार पनि तीन वटा उडान क्यान्सिल गरेको जनकपुर विमानस्थलका रामजनम साहले बताए ।

यसैगरि, स्थानीय रामानन्द चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडीको सडक, शिवचोकसहितका सडकको पानीको निकास नहुँदा डुबानमा परेको छ । उपमहानगरपालिकाले डोजर लगाएर जाम भएका नालालाई साफा गरेपछि पानीको घट्दै गएको छ । यसैबीच धनुषा र सिरहाको सिमाना कमला नदी तथा धनुषाका अन्य नदीहरूमा पानी सतह बढेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

रातिदेखि नै निरन्तर वर्षा भइरहे पनि जिल्लाका नदीहरूमा पानीको सतह अहिलेसम्म नियन्त्रणमै रहेको र कुनै प्रकारका मानवीय तथा भौतिक क्षति नभएको प्रहरी उपरीक्षक प्रकाश राना भाटले बताए । तर कमला नदीको पानी बाहिरियो भने ठुलो जनधनको क्षति हुने सम्भावना रहेकोले उनले बताए । यस विषयमा पहिलादेखि नै सर्तक रहेको र डुबान परेकाहरूलाई उद्धार र राहतको लागि सम्पूर्ण तयारी पुरा भइसकेको उनले बताए ।

हावाहुरीसँगै भइरहेको वर्षाले प्रदेश २ को प्रमुख धानबालीमा क्षति पुगेको छ । वर्षासँगैको हावाहुरीले भित्र्याउने बेला भएको धानबालीलाई नोक्सान गरेको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकरप्रसाद साहले बताए । अग्लो क्षेत्रको धान खेतमा खासै प्रभाव नपारे पनि समतल तथा गहिरो जग्गाको खेतको बालीमा नोक्सान भएको छैन ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १२ : ४१ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा