अरु पार्टी हड्बढाए, एमालेमात्र ढुक्क छः केपी ओली (भिडियोसहित) « Khabarhub

अरु पार्टी हड्बढाए, एमालेमात्र ढुक्क छः केपी ओली (भिडियोसहित)


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य दलहरु हड्बडाएको आरोप लगाएका छन् ।

बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको स्पष्ट नीति र भिजनसँग अन्य दल हड्बडाएको बताए ।

उनले भने, ‘अहिले एमाले स्पष्ट भिजनका साथ काम गरिरहेको छ । हाम्रो काम र भिजनलाई देखेर अन्य दल हड्बडाएका छन् । अहिलेको सरकारमा रहेका दल पनि चुनावसम्म गठबन्धन के हुन्छ भन्ने डरका साथ अब यो गठबन्धन सँधै रहीरहन्छ चुनावसम्म भन्ने गरेका छन् । यो उनीहरु डराएर भनेको हो ।’

ओलीले अन्य दलले एमालेलाई दमन गरेको आरोप लगाउँदै अन्य दलको दमनलाई चिरेर अघि बढ्ने बताए । उनले भने, ‘हामीलाई दमन गर्ने शक्ति लागि परेको छ । त्यसलाई सामना गरेर अघि बढ्छौँ । हामीसँग धेरै चुनौति ती चुनौतिलाई सामना गरेर अघि बढ्छौँ ।’

ओलीले सही गन्तव्यमा पुग्ने पार्टी पनि एमाले मात्र भएको बताए । उनले भने, ‘गन्तव्य भएको पार्टी अर्को छैन, गन्तव्यमा पुग्ने बाटो सही भएको पार्टी अर्को छैन, बाटो सही पइल्याउने नीति भएको अर्को पार्टी छैन ।

देशव्यापी सशक्त जनआधारित जनताले विश्वास गरेको पार्टी एमाले हो । त्यो हामीसँग मात्र छ ।’

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  २ : १७ बजे

पर्वतमा आधुनिक बाल उद्यान निर्माण

पर्वत- बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले पर्वतमा

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन- चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री कक्ष

मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण

काठमाडौं- पुरातत्व विभागले सांस्कृतिक एवं पुरातात्विक सम्पदाको गैरकानुनी रूपले हुने

युएईद्वारा १११ नेपालीलाई आममाफी

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का

सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभाबी पार्किङ (तस्बिरहरू)

काठमाडौं– सार्वजनिक सडकमा केही मिनेट सवारीसाधन रोके पनि सर्वसाधारणले ट्राफिक