आर्यन खान मामलामा अदालतले भन्यो– यो गम्भीर अपराध हो « Khabarhub

आर्यन खान मामलामा अदालतले भन्यो– यो गम्भीर अपराध हो


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानत याचिकालाई एनडीपीएस कोर्टले खारेज गरिदिएको छ । एनडीपीएसका न्यायधिस वीवी पाटिलले २१ पृष्ठको आदेश जारी गर्दै आर्यनको मुद्धा जमानतका लागि उपयुक्र्त नभएको उल्लेख गरेका छन् ।

‘मटेरियल अन रेकर्डले आर्यन खान, अरबाज मर्चेन्ट र मुनमुन धमीजा प्राइमा फेसी(प्रथम दृष्टि) मामलामा संलग्न छन् भन्ने कुरा देखाएको छ । यो गम्भीर अपराध हो । यसकारण उनीहरुलाई जमानत दिन सकिँदैन’, आदेशमा भनिएको छ ।

वीवीले प्रमाणलाई हेर्दा उनीहरुलाई अपराध नै गरेको होइन भन्न नसकिने आदेशमा उल्लेख गरेका छन् । उनले जमानत दिएपछि पनि फेरी गलत काम नगर्लान् भन्ने निश्चित नभएको आदेशमा भनेका छन् । आर्यन र सात अन्य व्यक्तिलाई एडीपीएस एक्टको धारा ८३, २०बी, २७, २८ र २९ अन्तर्गत पक्राउ गरिएको थियो ।

आर्यनलाई क्रुज ड्रग्स मामलामा एनसीबीले पक्राउ गरेको थियो । उनीहरुले यो पार्टी अक्टोबर २ गान्धी जयन्तीको दिन गर्ने योजना बनाएका थिए । अभिनेता शाहरुखले आर्यनलाई जेलबाहिर निकाल्ने सबै प्रयास गरिरहेका छन् । तर उनी सफल हुन सकेका छैनन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १० : ३० बजे

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि