न्युजिल्याण्डविरूद्धको टी-ट्वान्टी सिरिज भारतलाई « Khabarhub

न्युजिल्याण्डविरूद्धको टी-ट्वान्टी सिरिज भारतलाई


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाहुना टोली न्युजिल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज एक खेल अगावै भारतले जितेको छ ।

लगातार दुई खेलमा न्युजिल्याण्डलाई हराएको भारतले सरिज नै कब्जा गरेको हो । भारतको राँचीमा शुक्रबार राति सम्पन्न दोस्रो टी-ट्वान्टीमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै भारतले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो ।

न्युजिल्याण्डले दिएको १ सय ५४ रनको लक्ष्य भारतले १७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । भारतको जितमा केएल राहुल र कप्तान रोहित शर्माले अर्धशतकीय इनिङ्स खेले । राहुलले ६५ तथा शर्माले ५५ रन बनाए ।

यस्तै  भेन्कातेस आयरले अविजित १२ रन जोड्दा ऋषव पन्तले अविजित १२ रन बनाए । सूर्यकुमार यादव १ रनमा आउट भए । न्युजिल्याण्डका टिम साउथीले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।

न्युजिल्याण्डका ग्लेन फिलिप्सले ३४ रन बनाए । मार्टिन गुप्टिल र मिचेलले समान ३१/३१ रन जोडे । मार्क च्याम्पम्यानले २१ तथा टिम सेइफर्टले १३ रन बनाए ।

भारतका हर्सल पटेलले दुई विकेट लिए ।  भुवनेश्वर कुमार,रविचन्द्र आश्विन, दिपक चाहर र अक्षर पटेलले १/१ विकेट लिए ।

जितसँगै तीन खेलको सिरिजमा भारतले २-० को अग्रतासमेत बनाएको छ । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ६ : २५ बजे

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा

भोटेकोशी बाढीले बगाएका नौ शव तनहुँमा भेटिए

दमौली : रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका नौ वटा

भोटेकोशी-त्रिशूली वितन्‍डाको समयक्रमः तिब्बतमा बाढी पसेपछि नेपालमा भूकम्प, अरु के के भयो ?

काठमाडौँ – जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा