ए डिभिजन लिगमा आज दुई खेल हुँदै « Khabarhub

ए डिभिजन लिगमा आज दुई खेल हुँदै


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार दुई खेल हुँदैछन् ।

पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच हुनेछ भने दोस्रो खेल थ्रि स्टार र च्यासल युथ क्लबबीच हुँदैछ ।

हिमालयन शेर्पा र संकटाबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ । हिमालयन शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ । संकटाको कप्तानी रबि सिलवालले गर्ने छन् ।

थ्री स्टार र च्यासलबीचको खेल ४:४५ बजे सुरु हुनेछ । उपाधि दाबेदार थ्रि स्टार र च्यासल पहिलो खेलमा जित निकाल्दै सिजनको सुरूवात सुखद बनाउन चाहन्छन् ।

थ्री स्टार बिक्रम लामाको कप्तानीमा मैदान उत्रने छ भने च्यासलको कप्तानी बिराज महर्जनले गर्ने छन् । लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ७ : २५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र