पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना | Khabarhub Khabarhub

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । नेपाल चिकित्सक सङ्घ केन्द्रीय कार्यालयको पहलमा चुजी फाउन्डेशन ताइवानको सहयोगमा जडान गरिएको ४० सिलिण्डर क्षमता प्लान्टको सांसद पदम गिरीले उद्घाटन गरे ।

सो अवसरमा सांसद गिरीले ग्रामीण क्षेत्रका बासिन्दालाई सस्तो मूल्यमा जिल्लामै स्वास्थ्य सेवा दिन सकेमा मात्र आम नागरिकले राज्यको अनुभूति गर्ने बताए । उनले दैनिक ४० सिलिण्डर भर्न सकिने क्षमताको प्लान्ट जडान पछि अब पर्वत जिल्लामा अक्सिजनको अभाव सिर्जना नहुनेसमेत बताए ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्की र महासचिव डा बद्री रिजालसमेतको पहलमा यो प्लान्ट ल्याउन सफल भएको पर्वत अस्पतालका निवर्तमान अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए ।

यो प्लान्ट जडानसँगै सिलिन्डरमा भर्ने रिफिल मेसिन जोड्ने प्रक्रियासमेत सुरु भएको छ । सिलिन्डरमा अक्सिजन भर्नको लागि आवश्यक कम्प्रेसरको अभावमा सिलिन्डर भर्नको लागि पोखरा पठाउनुपर्ने बाध्यता रहँदै आएकोमा अब कम्प्रेसरको जडान कार्य पूरा भएपछि पोखरा जानुपर्ने बाध्यता अन्त्य हुने भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ढुण्डिराज पौडेलका अनुसार जडानको प्रक्रिया सुरु गर्न लागिएको छ । कम्प्रेसर मसिनसहितका उपकरण जडान भए पनि त्यसको सञ्चालनको लागि २२० भोल्ट माथिको विद्युत् आपूर्ति आवश्यक पर्नुका साथै त्यसका लागि मात्रै छुट्टै ट्रान्सफर्मरसहितका विद्युतीय उपकरण आवश्यक पर्ने भएकाले त्यसको समेत व्यवस्थापन गर्न थालिएको छ ।

एशोसिएशनको सहयोगमा प्लान्ट र पर्वतमा सक्रिय आठवटा लायन्स क्लबको सहयोगमा कम्प्रेसर आएको भए पनि त्यसको जडान र सञ्चालनको लागि आवश्यक पर्ने विद्युतीय आपूर्तिको लागि बजेट व्यवस्थापनको काम अस्पतालले नै गर्नुपर्ने छ ।

त्यसका लागि झण्डै १२ लाखभन्दा बढी लागत लाग्ने अनुमान छ । १५ शय्या क्षमताको अस्पताल ५० शय्या क्षमतामा स्तरोन्नति गर्न बनेका भवनको काम करिब अन्तिम चरणमा आएसँगै अस्पतालको सेवा पनि नयाँ भवनबाट सुरु हुने भएकाले जडान गर्न लागिएको प्लान्टलाई पुरानो भवन र अहिले राखिएका शय्यामा प्रयोग नहुने गरी जडान गर्न लागिएको छ ।

झण्डै ७५ लाख लगानीमा नयाँ अक्सिजन प्लान्ट आएको हो भने कम्प्रेसर मसिनका लागि लायन्स क्लबले ३५ लाख लगानी गरेका छन् । अस्पतालमा यस अगाडि नै जडान गरिएको अक्सिजन प्लान्ट अहिले बिग्रिएको छ। जसका कारण प्लान्टबाट शय्यमा लगिएका पाइपलाइनमार्फत अक्सिजनको आपूर्ति हुन सकिरहेको छैन ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ९ : ४३ बजे

नेपालबाट बढेको छैन निर्यात, प्रधानमन्त्री भ्रममा परे की पारिए ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको ११ महिनामा

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

कपिलवस्तु– कपिलवस्तु नगरपालिका-८ पश्चिम दोहनीस्थित सडकमा ना.५ त ३१४० नम्बरको ट्याक्टर अनियन्त्रित

जङ्गली हात्तीको आक्रमणबाट तीन घरमा क्षति

बनियानी – झापाको बिर्तामोड नगरपालिका–८ मा जङ्गली हात्तीले तीन वटा

आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानका लागि आवश्यक

चलचित्र विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं–  राष्ट्रियसभाको आजको बैठकले ‘चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको