गठबन्धन चुनावसम्म रहन्छ : सामान्य प्रशासनमन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

गठबन्धन चुनावसम्म रहन्छ : सामान्य प्रशासनमन्त्री श्रेष्ठ


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले अहिलेको गठबन्धन चुनावसम्मै रहने बताएका छन् ।

संखुवासभा सदरमुकाम खाँदबारीमा जनता समाजवादी पार्टी (जसपा)ले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री श्रेष्ठले अहिले सरकारमा रहेको पार्टीहरूको गठबन्धन चुनावसम्मै रहने बताएका हुन् ।

गठबन्धनलाई उच्च स्तरीय संयन्त्र बनाएर चुनावसम्म सँगै जाने मन्त्री श्रेष्ठको भनाइ छ । अहिलेको स्थितिमा गठबन्धन चुनावसम्मै जानु पर्न अवस्था रहेको उनको भनाइ छ ।

गठबन्धन सरकारले साझा नीति कार्यक्रम, मन्त्रीहरूको आचार संहिता बनाउँदै काम गरिहेको स्मरण समेत मन्त्री श्रेष्ठ गराए । तत्कालिन अवस्थामा नेकपा एमालेसँग चुनावी तालमेल हुने अवस्था नभएका कारण गठबन्धन चुनावसम्म जाने मन्त्री श्रेष्ठले बताए ।

‘संघीय निजामती सेवा ऐन अध्यादेशमार्फत आउने’

संघीय निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले बताए । राजनैतिक गतिरोधका कारण राज्य व्यवस्था समितिबाट पास भएर संसदमा ऐन गएको लामो समयसम्म पनि अघि बढ्न नसेको मन्त्री श्रेष्ठले बताए ।

निजामती ऐन संसदमै छलफल गरेर ल्याउन पटक पटक प्रयास गरे पनि दलहरूको खिचातानीका कारण सम्भव नभएको उनले बताए । श्रेष्ठले भने, ‘मेरो पहिलो प्राथमिकता मन्त्रालयको पुर्नसंरचना नै हो । कर्मचारी अभाव हुँदा प्रदेश तथा स्थानीय तहमा ठुलो समस्या भइरहेको छ । ऐन बन्न नसक्दा अहिले प्रशासनीक क्षेत्रमा ४० प्रतिशत र प्राविधिक क्षेत्रमा ६० प्रतिशत कर्मचारी अभाव छ ।’

अध्यादेशपछि कर्मचारीभित्र देखिएका गतिरोध अन्त्य हुने मन्त्री श्रेष्ठले बताए।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ३ : ०४ बजे

झापामा एक वर्षमा एक हजार २९६ सवारी दुर्घटना : ९५ जनाको मृत्यु

झापा– झापामा आर्थिक वर्ष २०८१–८२ को एक वर्षमा एक हजार

६१ लाख पारिश्रमिक काण्डले फिल्मलाई ब्याक फायर, प्रदीपलाई किन ‘प्रोत्साहन अवार्ड’ ?

हेडलाइन…राष्ट्रिय चलचित्र पुरस्कारमा फिल्मकर्मीहरुको असन्तुष्टि, महिला कलाकारलाई प्रोत्साहन नगरेको नायिका

एलिनाको इच्छा पूरा, बोले विष्णु तर उजुरीको चेतावनीसहित

काठमाडौं – गायिका एलिना चौहानका पूर्वपति विष्णु सापकोटाले सम्बन्धविच्छेदपछिको मौनता

स्पेन युरो कप फुटबलको सेमिफाइनलमा

काठमाडौं – घरेलु टोली स्वीजरल्यान्डलाई हराउँदै स्पेन महिला युरो कप

मनसुनी वायुको प्रभावले केही भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल