फिफा वरियतामा नेपालको स्थान यथावत « Khabarhub

फिफा वरियतामा नेपालको स्थान यथावत


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।

फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ६९ औं स्थानमा रहेको छ ।

अघिल्लो वरियतामा समेत नेपाल १ सय ६९ औं स्थानमा नै थियो ।

नेपाल दक्षिण एसियाली राष्ट्रको वरियताको तेस्रो स्थानमा छ ।

नेपाल भन्दा अघि भारत र माल्दिभ्स छन् । भारत १ सय ४ औं स्थानमा छ । माल्दिभ्स १ सय ५७ औं स्थानमा छ ।

नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान छन् । बंगलादेश १८७ औं, भुटान १८६ औं, पाकिस्तान १९८ औं र श्रीलंका २ सय ४ औं स्थानमा छन् ।

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा अर्जेन्टिना रहेका छन्।

इटाली छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, डेनमार्क नवौं र नेदरल्यान्ड्स दशौं स्थानमा रहेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ३ : २२ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले