शहीद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा र हिमालयन शेर्पा क्लबको बराबरी « Khabarhub

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा र हिमालयन शेर्पा क्लबको बराबरी


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ।

त्रिपुरेश्वरस्थित दसरथ रंगशालामा शनिबार भएको खेलमा संकटाले हिमालयनसँग १-१ गोलको बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा संकटाले अंक बाड्नु परेको हो ।

पहिलो हाफमा दुबै टोलीले गोलको अवसर सिर्जना गर्न सकेनन् ।

तर, खेलको ६० औं मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए ।

सुवास गुरुङको क्रसमा हिमालयनका गोलकिपर दीप कार्कीले बल फुत्काएपछि पाएको बलमा रुचालले सहजै गोल गरे । रुचाल यस वर्षको लिगमा गोल गर्ने पहिलो खेलाडी बने ।

तर खेलको ६४ औं मिनेटमा त्रिदेभ गुरुङले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याए । जीवन गुरुङको क्रसमा त्रिदेभले हेड मार्फत टप कर्नरमा उत्कृष्ट गोल गरे ।

यस्तै खेलको ८४ औं मिनेटमा संकटाका गणेश हमालको प्रहार क्रसबारमा लाग्दै फर्किएको थियो । रिबाउन्डमा आएको त्यहिँ बलमा रुचालको हेडरले पोस्टको दिशा लिन सकेन ।

त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन र बराबरीबाट दुबै टोलीले नयाँ सिजनको सुरुआत गरेको छ ।

खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ दि म्याच चुनिए ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ३ : २९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र