पूर्वमन्त्री महासेठविरुद्ध जनकपुरधाममा प्रदर्शन « Khabarhub

पूर्वमन्त्री महासेठविरुद्ध जनकपुरधाममा प्रदर्शन


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– महाधिवेशन प्रतिनिधि छनौटमा धाँधली गरेको भन्दै नेकपा एमाले धनुषाका असन्तुष्ट पक्षले पूर्वमन्त्री रघुवीर महासेठविरुद्ध जनकपुरमा विरोध प्रदर्शन गरेका छन् ।

पार्टीको महाधिवेशन प्रतिनिधि छनौटमा एकलौटी र धाँधली गरेको भन्दै एमालेका प्रदेश सांसद किशोरी साह (कमल) को नेतृत्वका असन्तुष्ट नेता तथा कार्यकर्ताले महासेठविरुद्ध नाराबाजीसहित शनिबार जनकपुरमा विरोध प्रदर्शन गरेका हुन् । स्थानीय जनकपुर रेल्वे स्टेसनबाट निकालिएको विरोध र्‍याली भानु चोक, शिव चोक हुँदै जनक चोकमा कोणसभामा परिणत भएको थियो ।

पार्टीका स्थायी समिति सदस्य महासेठले पार्टीमा वर्षोदेखि लगानीका गरेकाहरूलाई बाइपास गरी आफ्ना आसेपासे तथा नातामा पर्नेलाई महाधिवेशन प्रतिनिधि बनाएको प्रदेश सभामा प्रमुख सचेतक समेत रहेका साहले बताए ।

महासेठले आफ्ना निकटलाई मात्रै प्रतिनिधि बनाई पार्टीमा वर्षोदेखि लागेकाहरूलाई हातोसहित गर्ने काम गरेको र यसले पार्टीलाई क्षति पुग्ने बताउँदै सांसद साहले भने, ‘महासेठलाई अव धनुषामा एकलौटी गर्न दिँदैनौं । महाधिवेशन प्रतिनिधिको नामावली संशोधन नभए आफूहरूले महासेठविरुद्ध कडा रूपमा आन्दोलनको कार्यक्रम बढाउँछौं ।’

एमालेका प्रमुख सचेतक साह, माओवादी केन्द्रबाट एमाले रोजेका शिला यादव, श्रीलाल महासेठ, फरमुद नदाफलगायतकालाई बेवास्ता गर्दै महासेठले एकलौटी मनोमानी निर्णयपछि आफूहरू विरोधमा उत्रिएको उनले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ८ : ५६ बजे

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको