रियल बराबरीमा रोकियो « Khabarhub

रियल बराबरीमा रोकियो


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड बराबरीमा रोकिएको छ ।

गए राति भएको खेलमा रियल कार्डिजसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदान बर्नबेउमा भएको खेलमा रियलले गोलका लागि थुप्रै प्रयास गरेपनि तीन अंक जोड्न असफल रह्यो ।

गएरातीका अन्य खेलमा ग्रानाडा, एल्थ्लेटिको बिल्बाओ र गेटाफे विजयी भए । ग्रानाडाले मालार्कालाई ४–१, एथ्लेटिको बिल्बाओले रियल बेटिसलाई ३–२ र गेटाफेले ओसासुनालाई १–० गोलले पराजित गरे ।

बराबरीपछि पनि रियल १८ खेलबाट ४३ अंकसहित ला लिगाको शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानको सेभिल्लाको ३७ अंक छ । हार व्यहोरेको रियल बेटिस ३३ अंकसहित तेस्रो स्थानमा छ । कार्डिज भने रेलिगेसनमा छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ७ : ०५ बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र