घर कुरुवा राखेर जाडो छल्न सहर झरे मनाङवासी « Khabarhub

घर कुरुवा राखेर जाडो छल्न सहर झरे मनाङवासी


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– मनाङ ङिस्याङ गाउँपालिका–८ की माया गुरुङ, छिरिङ ओङ्मा घले र सुनिता गुरुङ यस वर्षको जाडो छल्न सहर झरिसकेका छन् । मनाङमा जाडो बढेपछि उनीहरू घर कुरुवालाई घर कुर्न राखेर जाडो छल्न तीन महिनाका लागि सहर झरेका हुन् । जाडो बढेपछि उनीहरू मात्रै होइन, चारवटा गाउँपालिका रहेको मनाङका अधिकांश स्थानीय तीन महिनाका लागि बेसी झरिसकेका छन् ।

माथिल्लो मनाङमा धेरै जाडो हुन थालेपछि पुसदेखि फागुनसम्मका लागि सहर झर्ने मनाङीहरू यस वर्ष भने छिटै जाडो बढेकाले मंसिर अन्तिममै जाडो छल्न सहर झरेका हुन् । मनाङवासीको यो परम्परागत चलन रहेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घले बताउँछन् । मनाङवासी अधिकांशको लमजुङको बेसीसहर, चितवन, पोखरा, काठमाडौलगायतका सहरमा घर छ । उनीहरू मनाङमा भएको घरलाई कुरुवाको जिम्मा लगाएर तल झर्ने गर्दछन् ।

घर मालिकहरू तल झरेपछि घर कुरुवाहरू घरको सुरक्षा गरेर बस्ने मनाङको पहिल्यैदेखिको चलन भएको हो । ‘जाडो सुरु भएसँगै मनाङमा भएका वृद्धवृद्धा र बच्चाबच्चीले मनाङ छाड्न थालिसके’, पिसाङका ध्रुव गुरुङले भने, ‘यहाँका व्यापारी र अन्य अधवैशेहरू आफ्नो घर कुरुवालाई जिम्मा लगाएर काठमाडौं, पोखरालगायतका सहर झर्ने गर्दछन् ।’

मनाङ ङिस्याङ गाउँपालिकाकी छोमा घलेले अब एकैचोटि फागुनमा ग्याल्पो ल्होसार मनाउन गाउँ फर्किने बताइन् ।

माथिल्लो मनाङस्थित होटल यतिका सञ्चालक एवं पर्यटन व्यवसायीसमेत रहेका विनोद गुरुङले थोरै परिवार भएका मनाङका बासिन्दाले विश्वासिलो व्यक्तिलाई पारिश्रमिक दिएर घर कुर्न लगाउने गरेको बताए । ‘जाडो समयमा हिमपात पर्दा घरमा आएको हिउँ काटेर फाल्न र पन्छाउनका लागि घर कुरुवा राख्ने चलन छ’, गुरुङ भन्छन्, ‘केही मात्रामा घरमुलीका केही सदस्यहरू आफैं घरमा बस्ने गर्दछन् भने धेरैजसो मनाङी घर कुरुवा राखेर जाडो छल्न तल झर्ने गर्दछन् ।’

माथिल्लो मनाङस्थित भ्राका–४ का पल्साङ छिरिङ विक र उनकी धर्मपत्नी ठूली विकले हरेक वर्ष मनाङीको घर कुर्दै आएका छन् । उनीहरू जाडोयाममा घरमालिकलाई काठमाडौं पठाउँछन् भने आफूहरू भने घर कुरेर बस्ने गर्दछन् । घरमुलीले घर कुरेबापत तलब पनि दिने गर्दछन् । यहाँ घर कुर्नेमा गोरखा, धादिङ, संखुवासभालगायत जिल्लाका छन् ।

हिमालपारिको जिल्ला मनाङको चारवटा गाउँपालिकाका स्थानीयमध्ये ५० प्रतिशत जनसंख्या जाडो छल्न काठमाडौं, पोखरा, चितवन, लमजुङ पुग्ने गर्दछन् । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार माथिल्लो मनाङ गाउँमा रातको समय तापक्रम माइनस ८ देखि १० डिग्री सेन्टीग्रेटसम्म झरेको छ । घाम नउदाउँदासम्म तापक्रम माइनसमै हुने उनले बताए ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १२ : ४५ बजे

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर