सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री  « Khabarhub

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री 


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । उनले भ्रष्टाचार नियन्त्रण, लगानीको सुरक्षा र निजी क्षेत्रसँगको सहकार्यलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे।

विराटनगरमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र सरकारको वैधताको मन्त्रका रूपमा ग्रहण गरिएको बताए।

भ्रष्टाचारले व्यवसायको लागत बढाउने, पहुँचका आधारमा अवसर बाँडिने र प्रतिस्पर्धालाई कमजोर बनाउने उल्लेख गर्दै उनले सरकारी निकायमा अनावश्यक आर्थिक माग, बिचौलियाको हस्तक्षेप वा कानुनसम्मत काममा अवरोध भए सरकारलाई जानकारी गराउन निजी क्षेत्रलाई आग्रह गरे।

‘सरकारी कार्यालयमा बिचौलियाको हस्तक्षेप र भ्रष्टाचारका विषयमा सरकारले शून्य सहनशीलताको नीति अपनाएको छ । यस्तो कार्यमा संलग्न जोसुकैलाई कानुनी कारबाही हुन्छ’, उनले भने।

अर्थमन्त्री वाग्लेले कानुनसम्मत निजी सम्पत्ति, उद्योग, व्यवसाय र लगानीको सुरक्षा गर्नु सरकारको आधारभूत जिम्मेवारी भएको बताए। निजी क्षेत्रले असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउन नदिने र सबैलाई समान अवसर तथा निष्पक्ष प्रतिस्पर्धाको वातावरण बनाउने उनको प्रतिबद्धता थियो ।

उनले आगामी चार महिनालाई सकारात्मक सुधारलाई परिणाममा बदल्ने महत्वपूर्ण अवधिका रूपमा लिइएको बताउँदै सरकारसँगै निजी क्षेत्रले पनि लगानी विस्तार गर्नुपर्नेमा जोड दिए । कृषि प्रशोधन, ऊर्जा, पर्यटन, आधुनिक प्रविधि र औद्योगिक क्षेत्रमा नयाँ लगानीका योजना अघि बढाउन उनले निजी क्षेत्रलाई आग्रह गरे।

उत्पादन लागत घटाउने, रोजगारी सिर्जना गर्ने र राज्य तथा निजी क्षेत्रबीच साझा प्रतिबद्धताका साथ आर्थिक रूपान्तरणलाई तीव्रता दिने सरकारको प्राथमिकता रहेको उनले बताए। बेरोजगारी र मूल्यवृद्धिलाई सरकारले गम्भीर चुनौतीका रूपमा लिएको पनि उनको भनाइ थियो ।

आर्थिक वृद्धिको प्रतिफल नागरिकको दैनिक जीवनमा देखिने गरी काम गर्नुपर्ने उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले हजारौँ उद्यममार्फत रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य रहेको बताए।

युवालाई कृषि, उद्योग, पर्यटन, ऊर्जा, सूचना प्रविधि र आधुनिक सेवा क्षेत्रमा अवसर उपलब्ध गराउने तथा विप्रेषण, उपभोग, आयात र राजस्वमा निर्भर अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने सरकारको उद्देश्य रहेको उनले स्पष्ट पारे। बचतलाई लगानी, उत्पादन र निर्यातमा रूपान्तरण गर्नुपर्नेमा पनि उनले जोड दिए ।

पूर्वी नेपाल र विराटनगरको औद्योगिक विरासतलाई नयाँ पुस्ताको अवसरसँग जोड्नुपर्ने बताउँदै उनले कृषि प्रशोधन, भण्डारण, गुणस्तर प्रमाणीकरण, निर्यात र जलविद्युत्लाई औद्योगिक प्रतिस्पर्धाको आधार बनाउनुपर्ने धारणा राखे।

निजी क्षेत्रलाई नयाँ उद्योग स्थापना गर्न, आधुनिक प्रविधि भित्र्याउन, उत्पादनको गुणस्तर बढाउन र नयाँ निर्यात बजार खोज्न आग्रह गर्दै उनले राज्यले आफ्नो कार्यशैली र चरित्र बदल्ने समयमा निजी क्षेत्रले पनि लगानी विस्तार गर्नुपर्ने बताए।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ५ : ५० बजे

प्रधानमन्त्री बालेन र मोदीबीच मंसिर ७ गते हैदरावाद हाउसमा भेटवार्ता हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतको दुईदिने राजकीय

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री 

विराटनगर- अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ : आयोग

काठमाडौँ–  निर्वाचन आयोगले संविधान र कानुनको मर्म बमोजिम स्थानीय तह

स्थानीय तह सक्षम भए मात्रै सङ्घीयताको अनुभूति हुन्छ : ओली

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई सक्षम र

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस