सुटिङमै बेहोस हुने यी अभिनेत्री « Khabarhub

सुटिङमै बेहोस हुने यी अभिनेत्री


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– गत जनवरी १७ मा बलिउड अभिनेत्री आलिया भट्ट निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘गंगूबाई काठियावाडी’को सेटमा बेहोस् भइन् ।

उनी बेहोस् भएपछि मुम्बईको एक अस्पतालमा भर्ना गरियो । उनी निकटका अनुसार आलियालाई हाइपर एसिडिटी र भमिट भएको थियो । अस्पतालको उपचार पछि उनलाई सोही दिन डिस्चार्ज गरिएको थियो ।

आलिया एक उदाहरण मात्र हुन्, जो सुटिङ सेटमा बेहोस भइन् । उनी अघि बलिउडका केही अभिनेत्रीहरु यसरी नै सेटमा बेहोस भएका छन् । यीमध्ये केही अभिनेत्रीहरु अधिक तनावका कारण बेहोस भएका छन् ।

प्रियंका चोपडा
अभिनेत्री प्रियंका चोपडा फिल्म ‘बाजीराव–मस्तानी’को सेटमा बेहोस भएकी थिइन् । एउटै दृश्यका लागि लगातार रिटेक खानुपरेपछि उनी तनावमा थिइन् । यही तनावलाई थेग्न नसकेर उनी बेहोस भएको फिल्ममा संलग्न एक सदस्यले बताएका थिए ।

कटरीना कैफ
अभिनेत्री कटरीना कैफ फिल्म ‘तीस मार खान’को सेटमा बेहोस भएकी थिइन् । यो फिल्मको चर्चित गीत ‘शिलाकी जवानी’मा नृत्य गरिरहँदा उनी बेहोस् भएकी हुन् । फिल्म युनिटका अनुसार सुटिङ सेटको तापक्रम बढी भएका कारण उनी बेहोस भएकी थिइन् ।

No description available.

दीपिका पादुकोण
अभिनेत्री दीपिका पादुकोण फिल्म ‘ह्याप्पी न्यू इयर’को सुटिङ सेटमा बेहोस भएकी थिइन् । जहाँ उनी एक गीतमा नृत्य गरिरहेकी थिइन् । यो समयमा उनी सन् २०१४ मा रिलिज फिल्म ‘ह्याप्पी न्यू इयर’मा लगातार १६ घण्टा नाचेकी थिइन् । यो नाँचपछि उनी यति थकित भइन् कि उनी त्यही बेहोस भइन् ।

ज्याकुलिन फर्नान्डिस
अभिनेत्री ज्याकुलिन फर्नान्डिस एक फिल्मका लागि एक्सन दृश्यको सुटिङ गरिरहेकी थिइन् । यसपछि उनी डान्सको रिहल्सलमा व्यस्त भइन् । जसकारण उनको स्वास्थ्य बिग्रियो र उनी बेहोस भइन् ।

आलिया भट्ट
अभिनेत्री आलिया भट्ट फिल्म ‘गंगूबाई काठियावाडी’को सुटिङ भन्दा अघि पनि सुटिङ सेटमै बेहोस भएकी थिइन् । अभिनेत्रीका रुपमा फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट डेब्यू गरिरहँदा उनी यही फिल्मको सुटिङ सेटमा बेहोस भएकी थिइन् । यसबाहेक उनी फिल्म ‘शानदार’को सुटिङमा पनि बेहोस भएकी थिइन् ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १० : २७ बजे

उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार

काठमाडौं– उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्किएकी

वर्षापछि वायुको गुणस्तरमा सुधार

काठमाडौं– गत साता तीव्र रूपमा वृद्धि भएको काठमाडौँ उपत्यकाको वायुको

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

काठमाडौं– नेपाल शिक्षक महासङ्घले शिक्षण संस्थामासमेत हप्तामा दुई दिन (शनिबार

दक्षिण कोरियामा नेपाली चिया प्रवर्द्धन कार्यक्रम

काठमाडौं– दक्षिण कोरियाको राजधानी सिओलस्थित नेपाली दूतावासले बुधबार नेपाली चियाको

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

पेरिस- मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्र, कूटनीति र सुरक्षा अवस्थामाथि