उद्योग वाणिज्य महासंघको निर्यात प्रवर्द्धन समिति विस्तार « Khabarhub

उद्योग वाणिज्य महासंघको निर्यात प्रवर्द्धन समिति विस्तार


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघले निर्यात समिति विस्तार गरेको छ ।

कार्यकारिणी समितिका सदस्य मनिषलाल प्रधानको सभापतित्वमा गठित निर्यात प्रवर्द्धन समिति आज विस्तार गरिएको हो ।

समितिको सहसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य नरेशलाल श्रेष्ठ र महासंघको वाग्मती प्रदेशका उपाध्यक्ष सविन श्रेष्ठ चुनिएका छन ।

त्यसैगरी समितिका सदस्यमा नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका सचिव हेमन्तराज बोहरा, नेपाल पश्मिना उद्योग संघका महासचिव अजयसिंह कार्की, नेपाल हस्तकला महासंघका उपाध्यक्ष सनम शाक्य, नेपाल अलैँची व्यवसायी संघका अध्यक्ष राजकुमार कार्की, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष अमृत खड्का, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका उपाध्यक्ष समीरविक्रम शाह चुनिएका छन ।

त्यस्तै विशेष आमन्त्रित सदस्यमा बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली, ललितपुर उद्योग वाणिज्य संङ्घका कार्यकारिणी समिति सदस्य सविनलाल प्रधान, नारायण गोपाल श्रेष्ठ, गलैँचा व्यवसायी दावा शेर्पा, वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यकारिणी समिति सदस्य सुसान्त चचान, नेपाल तयारी पोशाक उद्योग संघको महासचिव अशोक अग्रवाल, महिला उद्यमी महासंघ नेपालका रुक्मणिदेवी श्रेष्ठ, नेपाल रत्न तथा आभूषण संघका उपाध्यक्ष सुमन ताम्राकार रहेका छन् ।

समितिमा चुनिएका उद्यमी व्यवसायीलाई महासंघका तर्फबाट औपचारिक पत्र हस्तान्तरण गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको निर्यात प्रवर्द्धनमा समितिले सक्रियतापूर्वक कार्य गरी सिङ्गो समितिले निर्यात प्रवर्द्धनका विषयमा विज्ञ समूहका रुपमा काम गर्ने विश्वास आफूले गरेको बताए ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले समितिले उद्यमी व्यवसायीले निर्यातका क्रममा भोग्नु परेका समस्याको पहिचान गर्दै समाधानतर्फ सरकारमा ठोस सुझाव दिन सक्रियतापूर्वक लाग्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले समितिले निर्यात प्रवद्र्धनका हरेक इस्युमा समितिका तर्फबाट ठोस कार्य गर्ने विश्वास प्रकट गर्दै समितिमा चुनिनुभएका सबैलाई बधाईसहित शुभकामना दिएका थिए ।

 

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १० : ५९ बजे

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

वासिङ्टन- अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का