उद्योग वाणिज्य महासंघको निर्यात प्रवर्द्धन समिति विस्तार « Khabarhub

उद्योग वाणिज्य महासंघको निर्यात प्रवर्द्धन समिति विस्तार


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघले निर्यात समिति विस्तार गरेको छ ।

कार्यकारिणी समितिका सदस्य मनिषलाल प्रधानको सभापतित्वमा गठित निर्यात प्रवर्द्धन समिति आज विस्तार गरिएको हो ।

समितिको सहसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य नरेशलाल श्रेष्ठ र महासंघको वाग्मती प्रदेशका उपाध्यक्ष सविन श्रेष्ठ चुनिएका छन ।

त्यसैगरी समितिका सदस्यमा नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका सचिव हेमन्तराज बोहरा, नेपाल पश्मिना उद्योग संघका महासचिव अजयसिंह कार्की, नेपाल हस्तकला महासंघका उपाध्यक्ष सनम शाक्य, नेपाल अलैँची व्यवसायी संघका अध्यक्ष राजकुमार कार्की, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष अमृत खड्का, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका उपाध्यक्ष समीरविक्रम शाह चुनिएका छन ।

त्यस्तै विशेष आमन्त्रित सदस्यमा बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली, ललितपुर उद्योग वाणिज्य संङ्घका कार्यकारिणी समिति सदस्य सविनलाल प्रधान, नारायण गोपाल श्रेष्ठ, गलैँचा व्यवसायी दावा शेर्पा, वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यकारिणी समिति सदस्य सुसान्त चचान, नेपाल तयारी पोशाक उद्योग संघको महासचिव अशोक अग्रवाल, महिला उद्यमी महासंघ नेपालका रुक्मणिदेवी श्रेष्ठ, नेपाल रत्न तथा आभूषण संघका उपाध्यक्ष सुमन ताम्राकार रहेका छन् ।

समितिमा चुनिएका उद्यमी व्यवसायीलाई महासंघका तर्फबाट औपचारिक पत्र हस्तान्तरण गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको निर्यात प्रवर्द्धनमा समितिले सक्रियतापूर्वक कार्य गरी सिङ्गो समितिले निर्यात प्रवर्द्धनका विषयमा विज्ञ समूहका रुपमा काम गर्ने विश्वास आफूले गरेको बताए ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले समितिले उद्यमी व्यवसायीले निर्यातका क्रममा भोग्नु परेका समस्याको पहिचान गर्दै समाधानतर्फ सरकारमा ठोस सुझाव दिन सक्रियतापूर्वक लाग्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले समितिले निर्यात प्रवद्र्धनका हरेक इस्युमा समितिका तर्फबाट ठोस कार्य गर्ने विश्वास प्रकट गर्दै समितिमा चुनिनुभएका सबैलाई बधाईसहित शुभकामना दिएका थिए ।

 

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १० : ५९ बजे

उपमहासचिवमा लेखराज र योगेशलाई उच्च मत, आनन्द र बैजनाथ कमजोर

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको मतदानको

एमाले उपाध्यक्षतर्फ विष्णुलाई लोकप्रिय मत, गोकर्ण र बादल पनि सुरक्षित देखिए

काठमाडौं-  नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको

अध्यक्षमा ओली अगाडि, महासचिवमा टक्कर, अन्य पदमा यस्तो छ नतिजा

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको

एमाले महाधिवेशन : अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको

हलभित्र मतगणना, बाहिर परिणाम कुर्दै नेता–कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणना सुरु