दोहोरो बिल जारी गरी उपभोक्ता ठग्ने भण्डारी स्टोरमाथि विभागको कारबाही | Khabarhub Khabarhub

दोहोरो बिल जारी गरी उपभोक्ता ठग्ने भण्डारी स्टोरमाथि विभागको कारबाही


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दोहोर बिल बनाइ ठगी गर्ने एक तेल कम्पनीमाथि कारबाही गरेको छ ।

काठमाडौँको नागार्जुन नगरपालिका वडा नं- ४ स्थित श्री भण्डारी स्टोरले विभिन्न ब्रान्डका सन्फ्लावर तथा सोयाबिन खाने तेल बिक्री गर्दा दोहोरो बिल (इष्टिमेट र कर बिजक) जारी गरी उपभोक्ता ठगी गरेको पाइइपछि जरिवाना तिराइएको विभागले जनाएको हो ।

विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले उक्त कम्पनीले दोहोरो बिल बनाइ उपभोक्ता ठगी गरेको पाइएको हुँदा २ लाख ५० हजार जरिवाना गरिएको जानकारी दिए ।

उनले भने, ‘उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२)(क) बमोजिमको कसुर गरी प्रति कार्टुन ५०/- बढि लिई बिक्री बितरण गरेको पाइएको हुँदा उक्त ऎनको दफा ३९(ख) बमोजिम तत्कालको लागि रु २,५०,०००।- जरिवाना गरिएको छ।’

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १० : १९ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न