राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम शुरु हुँदै « Khabarhub

राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम शुरु हुँदै


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– यही फागुन १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय परिचयपत्रका लागि इलाममा अभियान सञ्चालन गरेर विवरण सङ्कलन हुने भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट खटिएका कर्मचारीले वडावडासम्म पुगेर परिचयपत्रका लागि व्यक्तिगत र जैविक तथ्याङक सङ्कलन गर्नेछन् ।

एउटा वडामा बढीमा चार वटासम्म एकाइ स्थापना गरेर तथ्याङक संकलन गर्ने विभागले जनाएको छ । स्थानीय तहको आवश्यकतानुसार एक पालिकामा ३८ देखि ४२ वटासम्म एकाइ राखिने छ ।

विभागले स्थानीय तहसँग समन्वय गरेर तथ्याङ्क सङ्कलन गर्ने योजना बनाएको छ । एउटा वडामा बढीमा १५ दिन तथ्याङ्क सङ्कलनको काम हुनेछ । इलाम नगरपालिकामा तथ्याङ्क सङ्कलन सम्पन्न भएपछि पालैपालो अरु स्थानीय तहमा समेत तथ्याङ्क सङ्कलनको काम हुनेछ ।

तीन महिनामा इलाममा राष्ट्रिय परिचयपत्रका लागि तथ्याङ्क सङ्कलनको काम पूरा हुने विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले बताए ।

“तीन महिनामा इलामका सबै पालिकामा गएर तथ्याङ्क सङ्कलनको काम पूरा गर्ने योजनामा छौँ”, उनले भने, “यो अभियान हो, फेरि यस्तो अभियान सञ्चालन गर्न सम्भव हुँदैन, त्यसैले कोही पनि नछुटुन् भन्ने हाम्रो चाहना हो ।”

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ९ : ४० बजे

रास्वपा केन्द्रीय समिति बैठक, केही नेताको जिम्मेवारी हेरफेर हुँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय

अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को जवाफ दिने इरानी सेनाको चेतावनी

काठमाडौं- इरानको संयुक्त सैन्य मुख्यालयले अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को

स्पष्टीकरणले झन् समस्यामा गृहमन्त्री : सेयर किन्दा लागेको ऋण किन खुलाएनन् सम्पत्ति विवरणमा ?

काठमाडौं- गत चैत २९ गते सार्वजनिक भएको सम्पत्ति विवरणमा गृहमन्त्री

‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?

काठमाडौं– केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

भद्रपुर– भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो