प्रधानमन्त्रीलाई डा. भट्टराईको प्रश्न– यो लोकतन्त्रमाथि भद्दा मजाक नभए के हो ? « Khabarhub

प्रधानमन्त्रीलाई डा. भट्टराईको प्रश्न– यो लोकतन्त्रमाथि भद्दा मजाक नभए के हो ?


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगरमा अदालतसम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर पूर्व प्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले कडा आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै नेता भट्टराईले ओलीलाई पदमा बसिरहन नैतिक अधिकार नरहेको समेत टिप्पणी गरेका छन् ।

‘देशको प्रमले नै ‘कुनै सेटिङ–फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन’ भन्छन् भने त्यस्ता व्यक्तिलाई सत्तामा बस्ने नैतिक अधिकार कसरी रहन्छ ?’ शनिबार राति भट्टराईले गरेको ट्वीटमा भनेका छन्, ‘यो लोकतन्त्रमाथि भद्दा मजाक नभए के हो ? सत्ता कब्जा गरेर बस्नेको संलग्नता विना कसले सेटिङ गर्ने हो ?अदालतमाथिको दबाब पुष्टि भएन र ?’

ओलीले विराटनगरमा आफूपक्षीय भेलालाई सम्बोधन गर्दै अदालतले आफ्नो पक्षमा फैसला गर्ने र नगरे जनताले आन्दोलन गर्ने चेतावनी दिएका थिए।

उनले सभामा भनेका थिए ,‘कुनै सेटिङ-फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन ।’

ओलीको यस्तो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनको विरोध भइरहेको छ । उनले खुलेआम रुपमा अदालतलाई चेतावनी दिएको भन्दै उनको विरोध भएको हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ९ : ५२ बजे

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते

काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा

मनिष झाले आफ्नै सरकारको आलोचना गर्दै भने : सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले सुरक्षा संवेदनशीलतालाई संघीय

मेगा बजेट फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक, राम–रावण बनेका रणवीर-यशको टकराव

काठमाडौं – मेगा बजेटका कारण चर्चामा रहेको नायक रणवीर कपुर

हल्दीबारीका विपन्न र दलित समुदायलाई स्वरोजगार सामग्री वितरण

भद्रपुर– यहाँको हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका

धनुषाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन