संवैधानिक निकाय र नागरिकलाई नथर्काउनूहोस् प्रधानमन्त्री ज्यू : शेखर कोइराला « Khabarhub

संवैधानिक निकाय र नागरिकलाई नथर्काउनूहोस् प्रधानमन्त्री ज्यू : शेखर कोइराला


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संवैधानिक निकाय र नागरिकलाई नथर्काउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।

मोरङको सुन्दरहरैचामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै डा. कोइरालाले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई नथर्काउन चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार निर्वाचन आयोगलाई सूर्य दिनुपर्ने बताएका थिए । त्यस्तै उनले शनिबार विराटनगरमा सर्वोच्च अदालतलाई संसद विघटनको विपक्षमा फैसला गरे आन्दोलनमा जाने चेतावनी दिएका थिए ।

कोइरालाले भने, ‘प्रधानमन्त्री ओलीले सूर्य चिन्ह देउ भन्दै निर्वाचन आयोग र संसद विघटनको पक्षमा फैसला गर भन्दै सर्वोच्च अदालतलाई थर्काउनु भएको छ । जनतालाई हामी चुनाव जित्छौ जित्छौ सेटिङले हामीलाई हराइदिए भने खबरदार हामी आन्दोलन गर्छौ भन्दै धम्क्याउनु भएको छ ।’

यसले दुई तिहाइ मतले निर्वाचित प्रधानमन्त्री कति डराएको भन्ने पुष्टि हुने पनि उनले बताए । आफू कमजोर भएपछि थर्काउने, धम्क्याउने तर्फ जो कोही तानाशाह लाग्ने गरेको नेता कोइरालाको टिप्पणी छ ।

डा. कोइरालाले शक्तिशाली प्रधानमन्त्री कमजोर भएकोले साइबर सेनाको सहारा लिएको बताए । राष्ट्रपति र प्रधानमन्त्रीलाई केही भनेमा घरमै प्रहरी आउने कानुन निर्माणमा सरकार लागेको आरोप लगाउँदै कोइरालाले बोल्न पाउने अधिकार समाप्त पार्ने खेलमा सरकार लागेको बताए ।

आफूले थर्काएर नपुगेर साइबर सेनाको सहाराले नागरिकहरुलाई डराउने ,धम्क्याउने, तर्साउने काममा सरकार आफै लागेको कोइरालाको आरोप छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १२ : १६ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा