अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले लगाए कोरोनाविरुद्धको खोप « Khabarhub

अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले लगाए कोरोनाविरुद्धको खोप


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आइतबार कोरोनाविरुद्धको खोप लगाएका छन् । अस्ट्रेलियामा सोमबारदेखि खोप अभियान सुरु हुँदैछ ।

आम सर्वसाधारणमा खोपप्रतिको विश्वास दिलाउन प्रधानमन्त्री मोरिसनले खोप लगाएको तस्वीर टेलिभिजनमार्फत प्रसारण गरिएको थियो ।

आगामी हप्तासम्ममा करिब ६० हजार डोज खोप लगाउने लक्ष्य राखिएको छ । खोप अभियान सुरु गर्ने लाग्दा शनिबार केही मानिसहरुले त्यसको विरोधमा प्रदर्शनसमेत गरेका थिए ।

प्रधानमन्त्री मोरिसनले आइतबार एउटा सानो समूहको साथमा खोप लगाएका हुन् । त्यसक्रम अग्रपंतिमा रहेका काम गर्ने कर्मचारी तथा केयर होममा कार्यरत व्यक्तिहरु सामेल भएको बीबीसीले उल्लेख गरेको छ ।

अस्ट्रेलियामा खोप अभियानका लागि फाइजर कम्पनीले उत्पादन गरेको खोप प्रयोग गरिँदैछ । फाइजरको उक्त खोपलाई अनुमति प्राप्त भइसकेको छ । अस्ट्रेलियामा सबैभन्दा पहिला एक ८५ वर्षीया महिलाले खोप लगाएकी थिइन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ४ : २४ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित