कोरोनाको खोप लगाउने सूचीको प्राथमिकतामा सवारी चालकदेखि शिक्षकसम्म | Khabarhub Khabarhub

कोरोनाको खोप लगाउने सूचीको प्राथमिकतामा सवारी चालकदेखि शिक्षकसम्म


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले भारतबाट खरिद गरेको कोरोनाविरुद्धको १० लाख डोज नेपाल आएसँगै शिक्षक तथा सार्वजनिक यातायातका चालक र सहचालकले पनि खोप लगाउन पाउने भएका छन् ।

भारतको सेरम इस्न्टिच्युटसँग खरिद गरिएको २० लाखमध्ये १० लाख डोज खोप आइतबार काठमाडौं आइपुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवसहित मातहतका प्रमुखहरुको शनिबार बसेको बैठकले कोभिड-१९ खोप कार्यान्वयनको प्रगति पुनरावलोकन र समीक्षा गर्दै महाविद्यालय तथा विद्यालयका प्रध्यापक, शिक्षक तथा कर्मचारीहरु, सार्वजनिक यातायातका चालक तथा सहचालकहरुलाई दोस्रो प्राथमिकताको खोप लगाउने निर्णय गरेको हो ।

उनीहरुसँगै जेष्ठ नागरिकले फागुन २३ गतेदेखि कोरोना खोप लगाउन पाउनेछन् । मन्त्रालयले २३ फागुनबाट जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरिसकेको छ ।

यस्तै, जोखिम तथा अग्रपंतिमा रहेका दर्ता भएका औषधी पसलमा कार्यरत र प्रयोगशालामा कार्य गर्ने अन्य कर्मचारी तथा सफाइकर्मीहरुलाई समेत यही चरणमा खोप उपलब्ध गराइने भएको छ । उनीहरुले ९ र १० फागुनमा खोप पाउनेछन् ।

भारत सरकारले १० लाख डोज खोप अनुदानमा दिएपछि नेपालले १४ माघदेखि कोरोना खोप अभियान सुरु गरेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १० : ५९ बजे

जङ्गली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व पछिल्लो समय बढ्दै गएको छ ।

राजा फर्काउने आन्दोलनमा पनि उत्रिएका थिए नक्कली नागरिकताधारी तेन्जिन

काठमाडौं- भदौ २४ गतेको आन्दोलनमा पेस्तोल देखाएको कसुरमा पक्राउ परेका

महोत्तरीमा नाम दर्ता गराउन मतदाता उत्साहित

महोत्तरी– महोत्तरीमा दीपावली, छठ, धातृनवमी सामाचकेवा र कात्तिक पूर्णिमासहितका चाडबाड

सभामुख बैठक : प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने

काठमाडौं– सङ्घीयसहित प्रदेशसभाका सभामुखहरूको बैठकले प्रदेश कानुनमा भएका व्यवस्थालाई सङ्घीय

सुविधा घटाउने सरकारको निर्णयमा प्रदेशका पदाधिकारीको आपत्ति

काठमाडौं– संघीय संसद् र प्रदेशका पदाधिकारीहरूले संसद्का पदाधिकारी तथा सदस्यले पाउने