श्रमिकको उद्धारका नाममा भ्रष्टाचार गर्ने एनआरएनए युएई अध्यक्ष र उपाध्यक्ष निलम्बित « Khabarhub

श्रमिकको उद्धारका नाममा भ्रष्टाचार गर्ने एनआरएनए युएई अध्यक्ष र उपाध्यक्ष निलम्बित


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आइएलओले कोरोना पीडित नेपाली श्रमिकलाई उद्दार तथा सहयोग गर्न दिएको रकम हिनामिना गरेको आरोप लागेका एनआरएनए यूएइका अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासाङ शेर्पालाई पदबाट निलम्बन गरेको छ।

संघले एक विज्ञप्ति जारी गर्दै कोभिड- १९ महामारीको दौरानमा गरिएको आरआर आर प्रोजेक्टमा अनियमितता भएको भनि छानबिन समितिको प्रतिवेदन उल्लेख गरिए सँगै कोइराला र शेर्पालाई निलम्बन गरिएको जनाएको छ ।

मध्यपूर्व तथा मलेसियामा कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका नेपाली कामदारहरुलाई राहत तथा स्वदेश फिर्तीमा सघाउन आइएलओको सहयोगमा सञ्चालित परियोजनाबारे कार्य समितिलाई जानकारी नदिई काठमाडौँमा खाता खोल्ने, काठमाडौँबाट हुण्डी गरेर पैसा झिकाउने जस्ता काम गरेको भन्दै अध्यक्ष कोइराला तथा उपाध्यक्ष पासाङ शेर्पालाई निलम्बन गर्न सिफारिस गरेको थियो ।

युएईमा कार्यरत नेपाली कामदारका नाममा कोइराला र उपाध्यक्ष शेर्पाले अनियमितता गरेको आरोप लागेपछि आइसीसी सदस्य राजु केसीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले ८४ पृष्ठ लामो प्रतिवेदन आइसीसीलाई बुझाइसकेको जनाएको छ ।

उक्त प्रतिवेदनमा ६२ हजार दिराम अनियमितता गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ । उनीहरु निलम्बन परेसँगै पदीय हिसाबले कुनै पनि क्रियाकलापमा सहभागी हुन् नपाउने समेत यूएईबासी नेपालीहरुमा जानकारी गराईएको संघले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

साथै, यूएईमा कोरोनाका करण नेपाली समस्यामा परेका भए वा घर फिर्तीमा समस्या भएका व्यक्ति कसैले देखेको भए एनआरएनएलाई खबर गर्न अनुरोध गरेको छ ।

गैरआवासीय नेपाली संघले जारी गरेको विज्ञप्ति पढ्नुहोस्

 

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ८ : १४ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र