जर्मनीमा निधन भएका नेपाली शर्माको अन्त्येष्टि बिहीबार | Khabarhub Khabarhub

जर्मनीमा निधन भएका नेपाली शर्माको अन्त्येष्टि बिहीबार


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मनीमा निधन भएका नेपाली युवक विक्रम शर्मा ज्ञवालीको अन्त्येष्टि बिहीबार हुने भएको छ ।

हृदयघातका कारण गत अप्रिल ११ मा उनको आफू बस्ने फ्ल्याटमा निधन भएको थियो । उनी जर्मनीमा नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा कुकको काम गर्दै आएका थिए ।

४१ वर्षीय शर्मा दुई वर्ष पहिले परिवारसहित इटालीबाट जर्मनी आएका थिए। शर्माकी आफन्त रमा लामिछानेका अनुसार काम सकेर घर आएपछि फुटबल खेल हेरेर सुतेका उनलाई बिहान बेहोस अवस्थामा फेला पारिएको थियो ।

बेहोस अवस्थामै अस्पताल पुर्‍याएका उनलाई चिकित्सकको टोलीले मृत घोषणा गरेको थियो ।

नेपालस्थित रुपन्देहीको बुटबल घर भएका शर्माकी आमा, श्रीमती र १८ वर्षीय एक छोरा छन्। नेपालबाट आमाले जर्मनीमै दाहसंस्कार गर्न अनुमति दिएकाले हिन्दु परम्परा अनुसार बिहीबार अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन्।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ९ : ०२ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको