जर्मनीमा निधन भएका नेपाली शर्माको अन्त्येष्टि बिहीबार « Khabarhub

जर्मनीमा निधन भएका नेपाली शर्माको अन्त्येष्टि बिहीबार


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मनीमा निधन भएका नेपाली युवक विक्रम शर्मा ज्ञवालीको अन्त्येष्टि बिहीबार हुने भएको छ ।

हृदयघातका कारण गत अप्रिल ११ मा उनको आफू बस्ने फ्ल्याटमा निधन भएको थियो । उनी जर्मनीमा नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा कुकको काम गर्दै आएका थिए ।

४१ वर्षीय शर्मा दुई वर्ष पहिले परिवारसहित इटालीबाट जर्मनी आएका थिए। शर्माकी आफन्त रमा लामिछानेका अनुसार काम सकेर घर आएपछि फुटबल खेल हेरेर सुतेका उनलाई बिहान बेहोस अवस्थामा फेला पारिएको थियो ।

बेहोस अवस्थामै अस्पताल पुर्‍याएका उनलाई चिकित्सकको टोलीले मृत घोषणा गरेको थियो ।

नेपालस्थित रुपन्देहीको बुटबल घर भएका शर्माकी आमा, श्रीमती र १८ वर्षीय एक छोरा छन्। नेपालबाट आमाले जर्मनीमै दाहसंस्कार गर्न अनुमति दिएकाले हिन्दु परम्परा अनुसार बिहीबार अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन्।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ९ : ०२ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र