नेपाल त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा « Khabarhub

नेपाल त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

सिरिज अन्तर्गत बुधबार नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी भएपछि नेपाल फाइनल पुगेको हो । नेपाल एक खेल अगाबै फाइनल पुगेको हो ।

नेपालसँगै नेदरल्यान्ड्स पनि फाइनल पुगेको छ । मलेसिया भने बाहिरिएको छ ।

त्यसअघि टियु क्रिकेट मैदानमा बुधबार वर्षाले प्रभावित भएपछि खेल बराबरी भएको हो ।

वर्षाले पटक-पटक प्रभावित गरेको खेलमा नेदरल्यान्ड्सले जितका लागि १३ ओभरमा १ सय २० रनको लक्ष्य दिएको थियो । तर, मलेसियाले जवाफी ब्याटिङ गरिरहँदा वर्षाले पुनः खेल रोकेको थियो ।

त्यसपछि पुनः सुरु भएको खेलमा मलेसियाले डीएलको आधारमा १० ओभरमा ९२ रनको नयाँ लक्ष्य पाएको थियो ।

नेदरल्यान्ड्सले दिएको ९२ रनको लक्ष्य मलेसियाले १० ओभर ४ विकेट गुमाएर ९१ रन बनाएपछि खेल टाइ भएको हो ।

मलेसियाका सेद अजिजले सर्वाधिक ३० रन जोड्दा अनवर अरुदीनले २३ रन बनाए ।

नेदरल्यान्ड्सका सेबास्टियन ब्राटले २ विकेट लिए । यस अघि वर्षाको कारण १३ ओभरमा झारिएको खेलमा नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।

तर, डीएल पद्धतिको आधारमा मलेसियाले १ सय २० रनको लक्ष्य लक्ष्य पाएको थियो । नेदरल्यान्ड्सका लागि बेन कुपरले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।

मलेसियाका मुहमद वाफिकले २ विकेट लिए । पवनदिप सिंह र भीरनदीप सिंहले १–१ विकेट लिए । प्रतियोगिता अन्तर्गत बिहीबार नेपाल र मलेसियाबीच खेल हुनेछ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ५ : ०१ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा