नेपाल त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा « Khabarhub

नेपाल त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

सिरिज अन्तर्गत बुधबार नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी भएपछि नेपाल फाइनल पुगेको हो । नेपाल एक खेल अगाबै फाइनल पुगेको हो ।

नेपालसँगै नेदरल्यान्ड्स पनि फाइनल पुगेको छ । मलेसिया भने बाहिरिएको छ ।

त्यसअघि टियु क्रिकेट मैदानमा बुधबार वर्षाले प्रभावित भएपछि खेल बराबरी भएको हो ।

वर्षाले पटक-पटक प्रभावित गरेको खेलमा नेदरल्यान्ड्सले जितका लागि १३ ओभरमा १ सय २० रनको लक्ष्य दिएको थियो । तर, मलेसियाले जवाफी ब्याटिङ गरिरहँदा वर्षाले पुनः खेल रोकेको थियो ।

त्यसपछि पुनः सुरु भएको खेलमा मलेसियाले डीएलको आधारमा १० ओभरमा ९२ रनको नयाँ लक्ष्य पाएको थियो ।

नेदरल्यान्ड्सले दिएको ९२ रनको लक्ष्य मलेसियाले १० ओभर ४ विकेट गुमाएर ९१ रन बनाएपछि खेल टाइ भएको हो ।

मलेसियाका सेद अजिजले सर्वाधिक ३० रन जोड्दा अनवर अरुदीनले २३ रन बनाए ।

नेदरल्यान्ड्सका सेबास्टियन ब्राटले २ विकेट लिए । यस अघि वर्षाको कारण १३ ओभरमा झारिएको खेलमा नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।

तर, डीएल पद्धतिको आधारमा मलेसियाले १ सय २० रनको लक्ष्य लक्ष्य पाएको थियो । नेदरल्यान्ड्सका लागि बेन कुपरले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।

मलेसियाका मुहमद वाफिकले २ विकेट लिए । पवनदिप सिंह र भीरनदीप सिंहले १–१ विकेट लिए । प्रतियोगिता अन्तर्गत बिहीबार नेपाल र मलेसियाबीच खेल हुनेछ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ५ : ०१ बजे

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण