कोरोना नियन्त्रण गर्न अष्ट्रेलियाले नेपाललाई ७ मिलियन डलर दिने « Khabarhub

कोरोना नियन्त्रण गर्न अष्ट्रेलियाले नेपाललाई ७ मिलियन डलर दिने


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना महामारीले उग्र रुप लिदै गर्दा मित्र राष्ट्र अष्ट्रेलियाले स्वास्थ्य सामग्री किन्न आर्थिक सहयोग गर्ने भएको छ ।

शुक्रबार विदेशमन्त्री मरिस पेनद्वारा जारी गरिएको विज्ञप्तिमा अष्ट्रेलियन सरकारले नेपाल, बंगलादेश र श्रीलंकालाई १७. ५ मिलियन डलर सहयोग गर्न लागेको उल्लेख छ ।

सहयोग रकममध्ये ७ मिलियन अर्थात साढे ६३ करोड रुपैया नेपालका लागि खर्च गरिनेछ । नेपालमा जाने सहयोग रकम नेपाल सरकारमार्फत भने नजाने भएको छ ।

सहयोग पठाउनका लागि अष्ट्रेलियन सरकारले संयुक्त राष्ट्र संघको नियोग तथा गैर सरकारी संघसंस्थालाई मध्यम बनाउने विज्ञप्तीमा उल्लेख छ ।

सहयोग रकमबाट अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद गरिनेछ ।

विदेशमन्त्री पेनले कोरोना संक्रमणको दर उच्च रहेका उत्तरपुर्वी हिन्द महासागर क्षेत्रका देशहरुलाई सहयोग गर्न अष्ट्रेलिया सदैव तयार रहेको बताइन ।

अष्ट्रेलियाले गर्ने सहयोग सिधै अति आवश्यक क्षेत्रमा सहायता पुर्याउन प्रयोग हुनेछ मन्त्री पेनले बताइन । अष्ट्रेलियाली समुदायले नेपाल, बंगलादेश र श्रीलंकामा भएका आफ्ना परिवार र साथीभाइको अवस्था बारे निकै चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १२ : ३५ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र