कोरोना नियन्त्रण गर्न अष्ट्रेलियाले नेपाललाई ७ मिलियन डलर दिने « Khabarhub

कोरोना नियन्त्रण गर्न अष्ट्रेलियाले नेपाललाई ७ मिलियन डलर दिने


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना महामारीले उग्र रुप लिदै गर्दा मित्र राष्ट्र अष्ट्रेलियाले स्वास्थ्य सामग्री किन्न आर्थिक सहयोग गर्ने भएको छ ।

शुक्रबार विदेशमन्त्री मरिस पेनद्वारा जारी गरिएको विज्ञप्तिमा अष्ट्रेलियन सरकारले नेपाल, बंगलादेश र श्रीलंकालाई १७. ५ मिलियन डलर सहयोग गर्न लागेको उल्लेख छ ।

सहयोग रकममध्ये ७ मिलियन अर्थात साढे ६३ करोड रुपैया नेपालका लागि खर्च गरिनेछ । नेपालमा जाने सहयोग रकम नेपाल सरकारमार्फत भने नजाने भएको छ ।

सहयोग पठाउनका लागि अष्ट्रेलियन सरकारले संयुक्त राष्ट्र संघको नियोग तथा गैर सरकारी संघसंस्थालाई मध्यम बनाउने विज्ञप्तीमा उल्लेख छ ।

सहयोग रकमबाट अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद गरिनेछ ।

विदेशमन्त्री पेनले कोरोना संक्रमणको दर उच्च रहेका उत्तरपुर्वी हिन्द महासागर क्षेत्रका देशहरुलाई सहयोग गर्न अष्ट्रेलिया सदैव तयार रहेको बताइन ।

अष्ट्रेलियाले गर्ने सहयोग सिधै अति आवश्यक क्षेत्रमा सहायता पुर्याउन प्रयोग हुनेछ मन्त्री पेनले बताइन । अष्ट्रेलियाली समुदायले नेपाल, बंगलादेश र श्रीलंकामा भएका आफ्ना परिवार र साथीभाइको अवस्था बारे निकै चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १२ : ३५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा