‘सिनेमाघर एप’मा निःशुल्क ‘डमरुको डण्डीबियो’ « Khabarhub

‘सिनेमाघर एप’मा निःशुल्क ‘डमरुको डण्डीबियो’


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– अभिनेता खगेन्द्र लामिछाने र मेनुका प्रधान स्टारर फिल्म ‘डमरुको डण्डीबियो’ अब दर्शकले निःशुल्क हेर्न पाउने भएका छन् ।

दिवंगत निर्देशक छेतेन गुरुङ निर्देशित फिल्मलाई दर्शकले सिनेमाघर एपमा निःशुल्क हेर्न पाउने भएका हुन् ।

फिल्मका अभिनेता तथा सिनेमाघर एपका खगेन्द्र लामिछानेले लकडाउनको समय मनोरञ्जनपूर्ण र यादगार बनोस् भनेर ‘सिनेमाघर एप’ को तर्फबाट नेपालमा बस्ने दर्शकहरुको लागि ‘डमरुको डण्डीवियो’ निशुल्क हेर्न मिल्ने व्यवस्था मिलाएको बताए ।

अहिले यो सुविधा नेपालमा मात्र रहेको र बिस्तारै अरु देशहरुमा पनि उपलब्ध हुँदै जाने एपका कार्यकारी अधिकृत सागर खरेलले बताए ।

‘डमरुको डन्डीबियो हाम्रो एपमा एकदमै रुचाइएको फिल्म हो, हामीले अहिलेसम्म यसलाई ‘पेड सर्भिस’को रुपमा राखेको थियौं । यो हाम्रो एपमा सबैभन्दा धेरै किनेर हेरिएको फिल्म हो, तैपनि हामीले यो लकडाउनको अवस्थामा सबैलाई मनोरञ्जन होस् भन्ने हेतुले निशुल्क गरेको छौं’, खरेलले बताए ।

फिल्म हेर्नका लागि एप स्टोरमा गएर सिनेमाघर एप अपडेट गर्नु पर्नेहुन्छ । सिनेमाघर एप एण्ड्रोइड, आइओस, अमेजन फायर टिभी, एण्ड्रोइड टिभीलगायतमा उपलब्ध छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ३ : ३० बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित