स्वास्थ्य सामग्री व्यवस्थापनका लागि गण्डकीका ७२ पालिकामा बजेट विनियोजन « Khabarhub

स्वास्थ्य सामग्री व्यवस्थापनका लागि गण्डकीका ७२ पालिकामा बजेट विनियोजन


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पदभार ग्रहण गरेका छन् । सरकारले हालै प्रदेशमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय थप गरेपछि मुख्यमन्त्रीले मन्त्रालयमा पुगेर जिम्मेवारी सम्हालेका हुन् ।

पदबहालीका क्रममा उनले स्वास्थ्य सुरक्षा सामग्रीसहित कोरोना रोकथामका कार्यक्रममा खर्च गर्ने गरी मागका आधारमा प्रदेशका ७२ वटा स्थानीय तहमा रु पाँच लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेका छन् ।

कोरोना सङ्क्रमितहरुको उपचारका लागि अक्सिजनसहितको कोभिड–१९ केयर युनिट(आइशोलेसन सेन्टर) सञ्चालनका लागि संरचना तयार, अक्सिजन पाइपलाइन जडान, अक्सिजन सिलिण्डर खरिद, फेस मास्क तथा पल्स अक्सिमिटर व्यवस्थापनमा सो बजेट विनियोजन गरिएको बताइएको छ ।

पदबहालीपछि कर्मचारीहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री गुरुङले कोरोना भाइरसँग जुध्नका लागि खोप खरिद र भण्डारण गर्दै गाउँगाउँसम्म खोप कार्यक्रम लैजानुपर्ने बताए । पिसिआर परीक्षणको नतिजा आउन ढिलाइ भएकाले समेत सङ्क्रमण तीव्ररूपमा फैलिएको बताउँदै उहाँले पिसिआर रिपोर्ट २४ घन्टाभित्र उपलब्ध गराउने गरी काम गर्न निर्देशन दिए ।

सरकारले स्वास्थ्य मन्त्रालयलाई स्मार्ट बनाउने र स्मार्ट हेल्थको कार्यक्रम अघि बढाउने योजना रहेको बताउँदै मुुख्यमन्त्री गुरुङले जिल्ला अस्पतालहरुको सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे ।

कोभिड–१९ रोकथाम र उपचारका लागि निजी अस्पतालहरु र पालिकाहरुसँग समन्वयन गरी प्राविधिक कर्मचारीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै उनले भने, “यो सङ्कटको बेला हो, युद्धको बेला हो । महामारीलाई परास्त गर्न सबैले सहकार्य गर्नुपर्छ, समन्वय गर्नुपर्छ ।”

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १० : १६ बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष