संक्रमण घटेपछि भारतमा रेष्टुरेन्ट, पार्क र छायांकन खुला | Khabarhub Khabarhub

संक्रमण घटेपछि भारतमा रेष्टुरेन्ट, पार्क र छायांकन खुला


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको संक्रमण कम भएपछि भारतमा आजदेखि रेष्टुरेन्ट, पार्क र छायांकन खुला गरिएको छ ।

संक्रमण घटेपछि भारतका अधिकांश राज्यहरुले यसअघि प्रतिबन्ध लगाइएका विभिन्न गतिविधिहरू खुला गरेका छन् । उत्तर प्रदेशमा दुई महिनाको प्रतिबन्धपछि आजदेखि रेष्टुरेन्ट खुला भएका छन् । रेष्टुराँ तथा होटलमा ५० प्रतिशत उपस्थितिमा हप्ताको पाँच दिन खोल्न दिइएको हो ।

यस्तै शनिबार र आइतबार बाहेक बिहान ७ बजेदेखि राति ९ बजेसम्म नै पसलहरु सञ्चालनको अनुमति दिइएको छ ।

राजधानी नयाँ दिल्लीमा पनि आजदेखि रेष्टुराँ, बार, सार्वजनिक पार्क तथा उद्यानहरु खुला भएका छन् । उत्तराखण्डमा पनि बजार तथा रेष्टुराँहरु खुला भएका छन् । कर्नाटकमा आउटडोर छायांकनको समेत अनमति दिइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दुई महिना अघिसम्म दैनिक ४ लाखसम्म संक्रमित भएको भारतमा पछिल्लो १४ दिनदेखि संक्रमितको संख्या १ लाखभन्दा कम भएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १० : १५ बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को