२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ७१५ जनाको पीसीआर परीक्षणबाट १ हजार ९१८ र ३ हजार ९०१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९२० जना गरी जम्मा २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ४७५ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ८, उदयपुरमा ५, ओखलढुंगामा ४, खोटाङमा १,  झापामा १७०,  धनकुटामा १६,  भोजपुरमा ९,  मोरङमा २१,  सोलुखुम्बुमा १, संखुवासभामा १ र सुनसरीमा ५२ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १, पर्सामा १, बारामा १, महोत्तरी ८, रौतहटमा ४,  सप्तरीमा २, सर्लाहीमा ६ र सिरहामा ३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा ४९०, काभ्रेमा २५, चितवनमा १६३, दोलखामा १८, धादिङमा १९, नुवाकोटमा १५, भक्तपुरमा ७९, मकवानपुरमा ३५, रसुवा ११, रामेछापमा ७, ललितपुरमा १२८, सिन्धुलीमा ३ र सिन्धुपाल्चोकमा १९ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १८५, गोरखामा १०, तनहुँमा ४७, नवलपरासी पूर्वमा १९, पर्वतमा ५, म्याग्दीमा १३, लमजुङमा १४, बागलुङमा २९ र स्याङजामा १४ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा ६, गुल्मीमा १३, दाङमा २५, नवलपरासीमा २, पाल्पामा ३२, प्युठानमा २,  बर्दियामा १६, रोल्पामा ३, बाँकेमा ६ र रुपन्देहीमा ४१ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा २, जुम्लामा २७,  दैलेखमा ३, रुकुम पश्चिममा १, हुम्लामा १ र सुर्खेतमा १० जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा १८, कैलालीमा २६, डडेल्धुरामा ९, दार्चुलामा २, डोटीमा २ र बैतडीमा ३ जनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ६ : ३७ बजे

मतदाता नामावली दर्ताको म्याद थप्न आयोगलाई प्रधानमन्त्री कार्कीको अनुरोध

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र

‘१० लाख उद्यमी भएको देशमा डेढ लाख भन्दा बढी कालोसूचीमा राखिनु अस्वाभाविक’

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कालोसूचीमा राख्ने क्रम अस्वाभाविक

क्यूफएक्सले दियो ‘जारी २’ लाई सुपरहिटको मान्यता

काठमाडौं – देशकै सबैभन्दा ठूलो फिल्म हल चेन ‘क्यूएफएक्स’ले कात्तिक

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

गण्डकी– गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश

निर्वाचन आयोगले तोक्यो तीन सहायक प्रवक्ता

काठमाडौं– निर्वाचन आयोगले आसन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ