टी-ट्वान्टी विश्वकपका लागि अष्ट्रेलियाको टिम घोषणा « Khabarhub

टी-ट्वान्टी विश्वकपका लागि अष्ट्रेलियाको टिम घोषणा


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाको टिम सार्वजनिक भएको छ ।

क्रिकेट अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा बिहीबार विश्वकप खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

टिमको उपकप्तानी पाट कुमिन्सले गर्ने छन् । अष्ट्रेलियाले घोषणा गरेको टिमम तीन वैकल्पिक खेलाडी राखिएको छ ।

अष्ट्रेलियाको टिममा फिन्च र कुमिन्ससँगै एस्टन अगर, मिचेल स्टार्क, जोस हाजलउड, मार्कुस स्टोनिस, जोश इंगलिस, मिचेल स्विपसन र मिचेल मार्श रहेका छन् । त्यस्तै स्टिभ स्मिथ, एडम जाम्पा,डेभिड वार्नर, म्याथ्यु वेड, ग्लेन म्याक्सवेल र केन रिचर्डसन रहेका छन् ।

टिमको वैकल्पिक खेलाडीमा डानिल साम्स, नाथन एलिस र डेनील क्रिस्टियन रहेका छन् । विकेट किपर ब्याट्सम्यान जोश पहिलो पटक अष्ट्रेलियाको टिममा परेका हुन् ।

सुपर १२ को समूह- १ मा रहेको अष्ट्रेलियाले अक्टोबर २३ मा दक्षिण अफ्रीकासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

टी-ट्वान्टी विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म यूएई र ओमानमा संयुक्त रुपमा हुनेछ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ७ : २० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना