स्वास्थ्य पूर्वाधारमा फड्को मार्दै वीरेन्द्रनगर नगरपालिका « Khabarhub

स्वास्थ्य पूर्वाधारमा फड्को मार्दै वीरेन्द्रनगर नगरपालिका


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारको चुनौतीका बाबजुद वीरेन्द्रनगर नगरपालिकाले स्वास्थ्य पूर्वाधारमा उल्लेख्य प्रगति हासिल गरेको छ ।

नगरपालिकाले वडास्तरका रुग्ण स्वास्थ्य संस्थाको पुनःनिर्माण, सेवाको स्तरोन्नतिका साथै नगर अस्पताल सञ्चालन गरेर स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको हो ।

नगर प्रमुख देवकुमार सुवेदीले पछिल्ला चार वर्षको अवधिमा नगरको स्वास्थ्य संरचना निर्माण, जनशक्ति व्यवस्थापनमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताइन ।

“नियमित स्वास्थ्य कार्यक्रम सञ्चालनदेखि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि हामीले अथक प्रयत्न गर्‍यौँ”, उनले भनिन्, “प्रदेश राजधानी भएकाले वीरेन्द्रनगरलाई बढी चुनौती थियो, अझै पनि छ, तै पनि हामीले योजनाबद्धरुपले पूर्वाधार, उपकरण व्यवस्थापन र जनशक्ति परिचालन गरेर भयावह अवस्था आउन दिएनौँ ।”

उनले स्वास्थ्य नीति, स्वास्थ्य ऐन र वार्षिक स्वास्थ्य योजनाका आधारमा नगरपालिकाले प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गरेको बताइन । यसअघि जीर्ण स्वास्थ्यका सबैजसो भवन अत्याधुनिक शैलीमा पुनःनिर्माण भई सेवा सञ्चालनमा आइसकेको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार वडा नं १, २, ३, ४, ५, ६, ८, १०, ११ र १२ मा सहरी स्वास्थ्य केन्द्रका भवन निर्माण सम्पन्न भइसकेका छन् । तीमध्ये अधिकांश आफ्नै जग्गामा बनेका छन् । साविक कटकुवा स्वास्थ्यचौकी भवनको पुनःनिर्माण गरेर त्यहाँ नगर कोभिड अस्पताल सञ्चालन गरिएको छ ।

प्रदेश सरकार र चौधरी गु्रपसँगको साझेदारीमा नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउँदैछ । नगर अस्पतालमा हाल मेडिकल अधिकृतले चिकित्सकीय सेवा प्रदान गरिरहेका छन् । लाटीकोइली स्वास्थ्य चौकीमा विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गरिएको छ ।

त्यहाँ प्रदेश अस्पतालमा कार्यरत दुई विशेषज्ञ चिकित्सकले बुधबार र शुक्रबार बिरामीको परीक्षण तथा उपचार गर्दै आएका छन् । लाटीकोइलीमै सङ्घीय सरकारले १५ शय्याको अस्पताल निर्माण योजना अघि बढाएको छ ।

नगरपालिकाले सेनेटरी प्याड वितरण, निःशुल्क गर्भवती जाँच, सुत्केरी जाँच गर्दै आएको छ । यसै वर्षदेखि ‘मायाको एप्स’ मार्फत गर्भवती, सुत्केरी महिलालाई आवश्यक स्वास्थ्यवद्र्धक सूचना/सन्देश एवं जानकारी प्रवाह गर्ने भएको छ ।
यहाँका ३० सामुदायिक विद्यालयमा नर्सिङ कार्यक्रम, विद्यालय पढ्ने किशोरीलाई आइरन चक्की वितरण, महिलाको पाठेघर स्क्रिनिङ क्याम्प, सिकलसेल एनिमिया परीक्षण, गर्भवती, प्रसूति महिलालाई आकस्मिक उपचार सेवा, आमा सुरक्षा कार्यक्रम, पोषण कार्यक्रम, गर्भवती महिलाको निशुल्क भिडियो एक्सरे सेवा, गाउँघर क्लिनिक र खोप कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भूपेन्द्रदेव गिरीले कोभिड महामारीकै बीचमा पनि स्वास्थ्यका समग्र सूचक सकारात्मक देखिएको बताए । उनले भने, “नियमित कार्यक्रमदेखि कोरोना परीक्षण र खोप अभियानमा राम्रो सफलता पाएका छौँ । यही भदौ ११ र १२ गते विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिँदैछौँ, कोरोनाविरुद्धका सबै खोपहरु आधारभूत स्वास्थ्य केन्द्र र नगरपालिकाको स्वास्थ्य शाखामार्फत प्राथमिकताको आधारमा लगाउने गरिएको छ ।”

उनका अनुसार नगरपालिकाले प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार बिहान र दिउँसो कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्दै आएको छ । त्यस्तै वडा नं १ देखि १६ सम्म समुदायस्तरमा समेत कोरोना परीक्षण, सङ्क्रमितको निगरानी र कीट वितरण भइरहेको छ ।

सङ्क्रमितको उपचारका लागि नगर अस्पताल, लाटीकोइली स्वास्थ्यचौकीलाई विशेषज्ञस्तरको सुविधा दिएर सञ्चालनमा ल्याइएको छ । जटिल प्रकृतिका बिरामीलाई तत्कालै प्रदेश अस्पताल रेफर गर्ने प्रभावकारी व्यवस्था मिलाइएको स्वास्थ्य शाखाले जनाएको छ । सङ्क्रमितलाई तत्काल उद्धार गर्न चौबिसै घण्टा दुई वटा एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ ।

तस्वीर : नगर बैठक अघि स्वास्थ्य जाँच गरिँदै । नगरपालिकाको कार्यालय

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ९ : ४० बजे

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक